सार्वजनिक अनुरोध
विषयः अस्पतालमा सामग्री
अनुदान तथा वितरण गर्न इच्छुक महानुभावहरूका लागि हार्दिक अनुरोध।
उपरोक्त सम्बन्धमा अस्पतालले सीमित स्रोत–साधनका बाबजुद आम नागरिकलाई गुणस्तरीय, सहज, सर्वसुलभ तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवालाई अझ प्रभावकारी, सुरक्षित र दिगो बनाउने हाम्रो साझा अभियानमा साथ र सहयोग गर्न इच्छुक व्यक्ति, समाजसेवी, सामाजिक संघ–संस्था, उद्योग–व्यवसाय, दातृ निकाय तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई चतरा अस्पताल परिवार हार्दिक स्वागत गर्दछौँ।यहाँहरुले प्रदान गर्नुहुने स्वास्थ्य सामग्री, चिकित्सकीय उपकरण, जनशक्तिको अभावका कारण वा प्रयोगमा आउन नसकेका उपकरण जस्ता सामाग्रीहरू केवल एक सहयोग मात्र नभई उपचारको आशामा अस्पताल पुग्ने बिरामीका लागि नयाँ जीवन, नयाँ आशा र नयाँ भरोसाको आधार सदैव बनिरहने हुँदा यहाँहरूको सानो सहयोगले पनि अस्पतालको सेवा क्षमता अभिवृद्धि गर्न, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा हजारौँ सेवाग्राहीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने हाम्रो दृढ विश्वासका साथ विगतदेखि विभिन्न माध्यमबाट सहयोग प्रदान गर्दै आउनुभएका सम्पूर्ण दातृ निकाय, सामाजिक संघ–संस्था, उद्योग–व्यवसाय तथा शुभेच्छुक महानुभावहरूप्रति चतरा अस्पताल परिवार हार्दिक सम्मान, उच्च कदर तथा गहिरो कृतज्ञता व्यक्त गर्दछौँ आगामी दिनहरूमा पनि यही मानवीय सेवाभावलाई निरन्तरता दिँदै अस्पताललाई अनुदान वा सहयोग प्रदान गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले अस्पताल प्रशासन वा उल्लेखित सम्पर्क नम्बरमा समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरिदिनुहुन सादर अनुरोध गर्दछौँ।
सम्पर्कः 9769703465/9807392304/9804080767