संक्षिप्त प्रतिवेदन
विषयः निःशुल्क औषधी वितरण सम्बन्धी प्रतिवेदन।
चतरा अस्पताल व्यवस्थापन समिति निर्णय अनुसार नेपाल सरकारबाट निःशुल्क वितरण हुने सुगर, उच्च रक्तचाप, मुटुरोग, ज्वरो, झाडापखाला लगायतका अत्यावश्यक औषधिहरू नगरपालिका मार्फत उपलब्ध भएता पनि उपलब्ध हुने मौज्दातले सेवाग्राहीहरूको आवश्यक माग पूरा गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै, अस्पतालको सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यका आन्तरिक श्रोत वाट खरिद गरि आर्थिक वर्ष २०८२/८३ मा तपशिलको औषधीहरु जम्मा रु ६,५३,४८९.०३ (अक्षेरेपी छ लाख त्रिपन्न हजार चार सय उनानब्बे रूपैया सुन्य तिन पैसा) बरावरको औषधी निःशुल्क प्रदान गरिएको थियो। उक्त खपत औषधी खर्चको विवरण निम्न अनुसार रहको छ।