श्री आपूर्तिकर्ता सबै,
विषय: आशयपत्र/दाबी–विरोध सम्बन्धी सूचना।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक को स्वीकृत बजेट अन्तर्गत अस्पताल सेवा विस्तार गर्नको लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठकको निर्णयानुसार सार्वजनिक खरिद ऐनको दफा ४१ र सार्वजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम मितिः २०८३/०५/२३ गतेको सूचना अनुसार प्राप्त Auto Lens Edger Machine Complete Set सम्बन्धी आपूर्तिकर्ताहरूको आवेदन उपर मिति २०८३/०६/०७ गते बुधबार चतरा अस्पताल मूल्याड्कन समितिको बैठक अनुसार प्रशासनिक मूल्याड्कन गर्दा तपसिल बमोजिमको आपूर्तिकर्ता छनौट भएको ब्यहोरा जानकारीका साथ अनुरोध छ।छनौटमा कुनै पनि दावी विरोध तथा उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा आवेदक/ आपूर्तिकर्ता स्वयं उपस्थित भई कार्यलयले तोकिएको दस्तुर बुझाई लिखित रुपमा मिति २०८३/०६/१० गते शनिबार दिनको ४:०० बजे सम्म दर्ता गर्नु हुन अनुरोध छ। निजहरूको दावी विरोधको विषयमा चतरा अस्पताल मूल्याङ्कन समिति तथा व्यवस्थापन समितिको निर्णयअनुसार गरिनेछ। छनौट हुनु भएको आपूर्तिकर्ता मिति २०८३/०६/१७ गते बिहीवार बेलुकाको ४:०० बजे सम्म अस्पताल प्रशासन शाखामा सम्झौता तथा आपुर्तिको लागि निवेदन दिनु हुन अनुरोध गरिन्छ।
क्र.स छनौट आपूर्तिकर्ता कबोल रकम कै.
१ श्री पिनाक चश्मा घर
(दर्ताः२५) रू ४,०१,१५०।०० (अक्षेरेपी चार लाख एक हजार एक सय पचास रूपैया शुन्य पैसा)।