बिषय: लागत अनुमानका लागि दररेट माग सम्बन्धि सूचना ।।
सूचना प्रकाशन मिति: २०८०/०५/०२ ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०४/३० गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०१ गतेको बैठकद्वारा चतरा अस्पतालमा बिधुतिय मेसिनहरुको वृद्धिका कारण आवश्यक ब्याट्री, अनलाईन UPS, भोल्टेज स्टेबिलाईजर, सोलार प्यानल र जेनेरेटर आवश्यक पर्ने भएको हुँदा सार्बजनिक खरिद ऐनको दफा ५ र सार्बजनिक खरिद नियमावलीको नियम ११ अनुसारको लागत अनुमान प्रयोजानार्थ निम्न अनुसूची क) र अनुसूची ख) समुहको दररेट माग गर्ने निर्णयानुसार सम्बन्धित सबैको लागि सात दिने सूचना प्रकाशन गरिएको छ ।
निम्न:
क) अनुसूची: क) ब्याट्री ईन्भर्टर र सोलार प्यानल:
१) ७.५ KVA को अनलाईन UPS
२) १० KVA को अनलाईन UPS
३) १० KVA को अनलाईन हाईब्रिड UPS
४) १० KVA को अनलाईन UPS को लागि सोलार चार्ज कन्ट्रोलर
५) १० KVA को भोल्टेज स्टेबिलाईजर (सर्बो वाला)
६) सोलार प्यानल (प्रति वाट)
७) ब्याट्री ट्युबुलर २०० AH
८) ब्याट्री ट्युबुलर १०० AH
ख) अनुसूची: ख) जेनेरेटर:
१) ३० KVA थ्री फेज
२) ४० KVA थ्री फेज
३) ५० KVA थ्री फेज
४) १०० KVA थ्री फेज
अनुरोध एबम जानकारीहरु:-
१) अनुसूची क) र ख) दुवै वा कुनै एक अनुसूचीको मात्र क्याटलग/स्पेसिफिकेसन सहितको दररेट पेश गर्न सकिनेछ । दररेट पेश गर्ने संस्था सम्बन्धित सामाग्री आपूर्ति गर्न नियमानुसार योग्य हुनुपर्नेछ ।
२) दररेट पेश गर्दा सम्बन्धित संस्थाको छाप, आधिकारिक दस्तखत र प.सं. एबम चलानी नं अनिवार्य हुनुपर्नेछ ।
३) दररेट उपलब्ध गराउन यस अस्पतालको प्रशासन शाखामा आएर वा यस अस्पतालको इमेल chatarahospital@gmail.com मा पेश गर्न सकिनेछ ।
४) दररेट उपलब्ध गर्ने मिति २०८०/०५/०३ गते देखि मिति २०८०/०५/१० गते आईतबार दिनको ४:०० बजे सम्म रहनेछ ।
५) दररेट उपलब्ध गराउन कुनै दस्तुर लाग्ने छैन ।
६) ईच्छुक आपुर्तिकर्ताले दररेट उपलब्ध गर्दा सम्बन्धित सामाग्रीमा बिबिध बिकल्प/किसिम/प्रकार भए सो-समेत उल्लेख गरी एकै सामाग्रीको पनि बिकल्प/किसिम/प्रकार अनुसार भिन्न भिन्न क्याटलग/स्पेसिफिकेसन सहितको दररेट उल्लेख गर्न सकिनेछ साथै सम्बन्धित सामाग्रीको बिशेष स्पेसिफिकेसन भए सो पनि उल्लेख गरिदिनुहुन अनुरोध छ ।
७) अस्पतालद्वारा थप सूचना पछी प्रकाशन गरिनेछ ।
थप जानकारीका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

