हार्दिक आभार ।।
मिति २०८०/०५/०५
माननीय ममता तामांग ज्यूद्वारा प्रदेश सभामा मिति २०८०/०५/०१ मा डेंगु महामारीका कारण चतरा अस्पतालमा सेवाग्राहीहरुलाई बेड अपुग/अभाब भईरहेको अवस्थाको जानकारी पश्चात मिति २०८०/०५/०२ गते कोशी प्रदेश मुख्यमन्त्री माननीय उद्धव थापा ज्यूद्वारा चतरा अस्पतालका लागि बिरामी भर्ना बेड, डेंगु परिक्षण किट एबम अत्यावश्यक औषधि सर्जिकल एबम स्वास्थ्य औजार उपकरणका लागि तोकादेश भई मिति २०८०/०५/०३ गते डेंगु किट लगाएत अत्यावश्यक औषधिहरु उपलब्ध भएकोमा आज मिति २०८०/०५/०५ गते कोशी प्रदेश स्वास्थ्यमन्त्री माननीय निर्मला तावा लिम्बू ज्यू समेतको साथ सहयोगमा चतरा अस्पताललाई १० (दश) थान बिरामी भर्ना बेड प्राप्त भएको हुँदा कोशी प्रदेश मुख्यमन्त्री माननीय उद्धव थापा ज्यू, स्वास्थ्यमन्त्री माननीय निर्मला तावा लिम्बू ज्यू र प्रदेश सभा सदस्य माननीय ममता तामांग ज्यूहरुलाई यस महामारीको समयमा छोटो समय मै अस्पताललाई अति आवश्यक बिरामी बेड लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गरिदिनुभएकोमा आगामी दिनमा पनि यसै गरि साथ सहयोग एबम मार्गनिर्देशन भईरहनेछ भन्ने पूर्ण बिश्वासका साथ चतरा अस्पताल परिवारको तर्फबाट सम्पूर्ण माननीय ज्यूहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं ।।
https://www.facebook.com/chatarahospital
चतरा अस्पताल ।।





