०४ साउन २०८२, शनिबार

प.स.:०७७/०७८, च.नं: ३१०, मिति: २०७७/०९/२५

हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवा

सुरु भएको बारे

सूचना ।।

प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रको “सेवा बिस्तार उपसमिति” को प्रस्ताब एबम ब्यबस्थापन समितिको मिति २०७७/०९/२२ गतेको निर्णयानुसार यहि २०७७ साल माघ महिनादेखि हरेक शनिबार बिहान ७:०० बजे देखि बिहान १०:०० बजे सम्म प्राथमिक स्वास्थ्य केन्द्र चतरामा कोशी अस्पताल, बिराटनगर का हाडजोर्नी तथा नशा रोग बिभाग प्रमुख, बरिष्ठ हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा महेन्द्र प्रसाद महतो ज्यू द्वारा सेवा उपलब्ध हुने हुदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

बिशेषज्ञ सेवा: हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ

बिशेषज्ञ चिकित्सक: डा महेन्द्र प्रसाद महतो

                             बिभाग प्रमुख, हाडजोर्नी तथा नशा रोग बिभाग

कोशी अस्पताल, बिराटनगर ।

सेवा सुचारु मिति:    २०७७ माघ ०३ गते शनिबार देखि ।

                 समय:   हरेक शनिबार बिहान ७:०० बजे देखि बिहान १०:०० बजेसम्म ।

      स्थान:     प्राथमिक स्वास्थ्य केन्द्र चतरा, बराहक्षेत्र न पा: २, सुनसरी ।

सेवा शुल्क:   स्वास्थ्य बिमितहरुका लागि: निशुल्क

स्वास्थ्य बिमित भन्दा बाहेकहरुका लागि ओ पी डी शुल्क रु.३००/- (तीन सय रुपैया) मात्र ।

थप जानकारीका लागि प्रा स्वा के चतरामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्रा स्वा के चतरा ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]