प्रस्तुत सम्बन्धमा बीमा बोर्डको मिति २०८३/०२/१२ गतेको परिपत्र अनुसार स्वास्थ्य वीमा सुविधा थैलीको दररेटमा गरिएको व्यापक परिवर्तन तथा सुविधा कटौती, साथै नेपाल सरकारद्वारा हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गरिएपछि अस्पताल सञ्चालनमा आर्थिक तथा व्यवस्थापकीय चुनौती उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै मिति २०८३/०२/१५ गते शुक्रबार सम्पन्न चतरा अस्पताल व्यवस्थापन तथा सल्लाहकार समितिको संयुक्त बैठकको निर्णय अनुसार मिति २०८३/०३/०१ गते देखि स्वास्थ्य बिमामा आवद्ध नभएका तथा सःशुल्क सेवाग्राहीहरुका लागि साप्ताहिक अवधि (७ दिन सम्म मान्य हुने) गरी स्वास्थ्य बिमा कार्यक्रम सरह ओ.पी.डी. टिकट रु ५०/- अक्षेरेपी पचास रुपैया मात्र) सेवा शुल्क लाग्ने जानकारी समेत सम्पूर्ण शुभेच्छुक तथा सेवाग्राही महानुभावहरूमा सादर अनुरोध गरिन्छ। यस निर्णयबाट यहाँहरूको दैनिक सेवा सुविधामा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौं।