३० मंसिर २०८२, सोमबार

प.स.:०७७/०७८. च.नं:३३४, मिति:२०७७/१०/११

बिषय: आँखा उपचार सेवा संचालनका लागि संस्था छनौट एबम दाबि/बिरोध बारे ।

प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७७/०९/२२ गते बसेको ब्यबस्थापन समिति र सल्लाहकार समितिको संयुक्त बैठकद्वारा यस स्वास्थ्य केन्द्रमा आखाको सेवाग्राहीहरुलाई मध्यनजर गर्दै आखाको ओ पी डी सेवा संचालन गर्न अनिवार्य रुपमा श्री स्वास्थ्य बिमा बोर्डसंग सम्झौता भई सेवा प्रदान गरिरहेका ईच्छुक आखा अस्पताल वा अस्पताल संग प.सं:०७७/०७८, च.नं:३०७ मिति २०७७/०९/२४ गते प्रकाशित सुचना अनुसार प्रस्ताब माग भएबमोजिम प्रस्ताब पेश गर्ने अन्तिम मिति २०७७/१०/०९ गते सम्ममा श्री नब दृष्टि आखा अस्पताल प्रा.लि., ईटहरी: ४, सुनसरी, १ नं प्रदेश द्वारा प्रस्ताब प्राप्त भएकोमा उक्त प्रस्ताब मिति २०७७/१०/०९ गते यस स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिद्वारा अध्ययन छलफल भई श्री नब दृष्टि आखा अस्पताल प्रा.लि., ईटहरी: ४, सुनसरी, १ नं प्रदेश संग सम्झौता गरि आखा उपचार सेवा संचालन गर्ने निर्णय भएको हुदा श्री नब दृष्टि आखा अस्पताल प्रा.लि., ईटहरी: ४, सुनसरी, १ नं प्रदेश लाइ आजको मिति देखि १५ दिन (मिति २०७७/१०/२५ गते दिनको १:०० बजे) सम्ममा यस स्वास्थ्य केन्द्र चतराको प्रशासन शाखामा सम्झौताका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा यस स्वास्थ्य केन्द्र द्वारा अन्य बिकल्पहरुका लागि प्रक्रिया अघि बढाईने व्यहोरा समेत जानकारी गरिन्छ ।

साथै यसै सुचना द्वारा कुनै संघ संस्था व्यक्ति वा महानुभाबलाई कुनै पनि दाबि बिरोध भए मिति २०७७/१०/१८ गते दिनको १:०० बजे सम्ममा यस स्वास्थ्य केन्द्र चतराको प्रशासन शाखामा लिखित रुपमा दर्ता गराउनुहुन समेत अनुरोध छ ।

थप जानकारीका लागि प्रा स्वा के चतराको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्रा स्वा के चतरा ।

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
  • श्री वडा कार्यालय, बराहक्षेत्र न पा: १, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
  • श्री वडा कार्यालय, बराहक्षेत्र न पा: २, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
  • श्री नब दृष्टि आखा अस्पताल प्रा.लि., ईटहरी: ४, सुनसरी, १ नं प्रदेश ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]