२८ आषाढ २०८२, शनिबार

प.स.:२०७७/०७८, च.नं:६१०, मिति २०७८/०३/०८

बिषय: सहयोग एबम समन्वय गरिदिनुहुन अपिल बारे ।

प्रस्तुत सम्बन्धमा बिश्वब्यापी कोरोना भाईरसको महामारीका समयमा हाल देशका बिभिन्न भागहरुमा निषेधाज्ञा भईरहेको अवस्था छ, यद्यपि निषेधाज्ञाको स्वरूप भने परिवर्तन हुदै सहजता हुदै गईरहेको छ । यस बीचमा प्राथमिक स्वास्थ्य केन्द्र चतराद्वारा बराहक्षेत्र वडा नं २ मा रहनुहुने सेवाग्राहीहरुको स्वास्थ्य बिमा नबिकरण गर्न तथा नया स्वास्थ्य बिमा कार्ड बनाउन, जेस्ठ नागरिकहरुले निशुल्क रुपमा पाउनेहुने स्वास्थ्य बिमा कार्ड बनाउन, रातो कार्ड हुने फरक क्षमताका परिवार (अपांगता) हरुको निशुल्क स्वास्थ्य बिमा कार्ड बनाउन, स्वास्थ्य बिमा सम्बन्धि जानकारी दिन, २ बर्ष मुनिका बालबालिकाहरुले लगाउनु पर्ने सम्पूर्ण खोप लगाए नलागेको सुनिश्चितता गर्न, स्वास्थ्य परामर्श दिन, वडा २ को जम्मा जनसंख्या र स्वास्थ्य बिमित परिवारहरुको तथ्यांक लिन असार मसान्त सम्ममा कम्तिमा तीन पटक सम्म सर्बेक्षण गरी “बराहक्षेत्र न पा वडा नं २ लाई पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोसणा” गर्न सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई तथ्यांक संकलनका लागि आउनुहुने स्वास्थ्यकर्मीहरुलाई आवश्यक सहयोग एबम समन्वय गरिदिनुहुन सम्बन्धित सम्पूर्ण स्थानीय महानुभाबहरुमा हार्दिक अनुरोध छ । श्री २ नं वडा कार्यालय बराहक्षेत्रको प.स.:२०७७/०७८, च.नं:१६७१, मिति २०७८/०३/०१ अनुसार श्री २ नं वडा कार्यालयको जनसंख्या जम्मा ६४९६ जना र श्री स्वास्थ्य बिमा बोर्डको website बाट बिमितको संख्या हेर्दा ६१६४ जना देखिने हुदा वडा नं २ मा स्वास्थ्य बिमित प्रतिशतमा ९४.८९% देखिएको यस वडालाई पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोसणा गर्न सकिने आधार देखिएको हुदा सम्पूर्ण स्थानीय समाजसेबी बुद्धिजिबी सामाजिक अभियानता पत्रकार तथा सहयोगी संस्था एबम महानुभाबहरुलाई रचनात्मक सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ । प्राथमिक स्वास्थ्य केन्द्र चतरा । सम्पर्क एबम सुझाब: यस घरदैलो कार्यक्रम संयोजक: जनस्वास्थ्य अधिकृत श्री लक्ष्मी भण्डारी (९८४२११९०७५) र सूचना अधिकारी: श्री योगेन्द्र कट्टेल (९८५२०२६२८४) ब्यबस्थापक: डा अनिल गिरी (९८५६०६३३३१) मा समन्वय गरिदिनुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]