२९ पौष २०८२, मंगलबार

बिषय:- बाह्य लेखा परीक्षक नियुक्ति बारेमा ।

प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतरा हाल चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति २०७८/१०/२२ गते निर्णय नं: ०७ अनुसार यस अस्पतालको आ.ब.२०७८/०७९ को अर्धबार्षिक एबम त्रैमासिक प्रारम्भिक प्रतिबेदन तयार गर्ने एबम बार्षिक “बाह्य अन्तिम लेखा परिक्षण” गर्नका लागि योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले तपशिल अनुसारका कागजपत्रहरु सहित यो सुचना प्रकाशन भएको मिति देखि सात दिनभित्र (मिति २०७८/११/०६ गते दिनको ४:०० बजे सम्ममा) अस्पतालको प्रशासन शाखामा वा यस अस्पतालको ईमेल: chataraphc@gmail.com मा आशयपत्र पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । नियुक्ति हुनुहुने लेखापरीक्षकले यस आ.ब. २०७८/०७९ को अर्धबार्षिक एबम त्रैमासिक प्रारम्भिक प्रतिबेदन एबम बार्षिक अन्तिम लेखा परिक्षण प्रतिबेदन तयार गर्नुपर्नेछ ।

तपशिल:

लेखापरिक्षकले आशयपत्रसाथ पेश गर्नुपर्ने कागजपत्रहरु:

  • संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • संस्था दर्ताको आ.ब.२०७८/०७९ को नबिकरणको प्रतिलिपि,
  • स्थाई लेखा नं करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
  • आ.ब.२०७७/०७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
  • ICAN मा सुचिकृत भएको प्रमाणको प्रतिलिपि,
  • बिगतमा अस्पताल/स्वास्थ्य संस्थाहरुमा लेखापरीक्षण गरेको अनुभब भएमा सो को संक्षिप्त विवरण,
  • ICAN बाट कुनै पनि प्रकारको कारबाहीमा नपरेको स्व:घोसना पत्र ।

थप जानकारीको लागि सूचना अधिकारी: ९८५२०२६२८४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]