बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०७/१५ ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि आवश्यक चश्मा फ्रेम एवम् शिशा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०७/१४ गतेको निर्णयानुसार सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम १क) बमोजिम “सिलबन्दी दरभाउपत्र” अनुसार निम्न शर्तहरु रहने गरी खरिद गरिने हुँदा सम्बन्धित सबैको लागि यो पन्ध्र दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।
निम्न:
क्र.सं. नाम विवरण कै.
१. शिलबन्दी दरभाउ १ (एक) चस्माको फ्रेम
२. शिलबन्दी दरभाउ २ (दुई) चस्माको शिशा (आवश्यक पावर सहित)
शर्तहरु:-
१) शिलबन्दी दरभाउपत्रमा सम्बन्धित संस्थाको छाप, आधिकारिक दस्तखत, सम्पर्क व्यक्तिको विवरण र प.सं. एबम चलानी नं. अनिवार्य रुपमा उल्लेख हुनुपर्नेछ ।
२) शिलबन्दी दरभाउपत्र निबेदन दिने मिति र समय: मिति २०८०/०७/१६ गते देखि २०८०/०८/०१ गते दिनको ४:०० बजे सम्म । यस अस्पताल प्रशासन सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुँदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन मान्य हुनेछैन ।
३) शिलबन्दि दरभाउपत्र निबेदनहरु खोलिने मिति र समय: निवेदकहरुलाई निबेदन खोल्ने दिन भन्दा ४८ घण्टा अघि अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित/जानकारी गरिनेछ । निवेदकहरुलाई सो शिलबन्दी दरभाउ खुल्ने दिन उपस्थितिको लागि अनुरोध गरिनेछ, यद्यपी निवेदकहरुको अनुपस्थितिले शिलबन्दी निबेदनहरु खोल्न खरिद तथा मुल्यांकन समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिने हुँदा निवेदकहरु सबैले चतरा अस्पतालको फेसबुक पेज र वेबसाइट save गरी राख्नुहुन अनुरोध गरिन्छ ।
४) निबेदन दस्तुर: प्रति शिलबन्दी दरभाउका लागि रु. एक हजार रुपैया मात्र लाग्नेछ । रु. एक हजारको निबेदन दस्तुरले एक मात्र शिलबन्दीको लागि मान्य हुनेछ ।
५) संलग्न हुनु पर्ने कागजपत्रहरु: अस्पताललाई सम्बोधन गरिएको निबेदन संगै तोकिएको निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, कालोसुचीमा नपरेको स्वघोषणाको पत्र र आवश्यकता अनुरुप खरिद/मुल्यांकन समिति वा ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
६) चस्मा फ्रेम शिलबन्दी दररेट: आपूर्तिकर्ताले आफुले आपूर्ति गर्ने चस्मा फ्रेमको विवरण/मोडेल सहितको प्रति ईकाई दररेट अंक र अक्षरमा स्पष्ट रुपमा पेश गर्नुपर्नेछ । आपूर्तिकर्ताले कम्तिमा १० (दश) किसिम फ्रेमका मोडेलहरुको Sample (नमुना) अनिवार्य रुपमा शिलबन्दी दरभाउ निबेदन साथै पेश गर्नुपर्नेछ ।
७) चस्मा शिशा शिलबन्दी दररेट: शिशा सम्बन्धि शिलबन्दी दररेटमा आफुले आपूर्ति गर्न सक्ने शिशाका बिबिध किसिमको प्रति ईकाई दररेट अंक र अक्षरमा स्पष्ट रुपमा पेश गर्नुपर्नेछ । निवेदनमा अर्डर/माग भए बमोजिमको शिशा (पावर वाला) आपूर्ति गर्न सक्ने नसक्ने बिषय स्पस्ट खोल्नुपर्नेछ ।
८) सामाग्रीको आपूर्ति परिमाण: आपूर्तिकर्तासंग अस्पतालमा आवश्यकता भए बमोजिमका फ्रेम तथा शिशा अर्डर गरिनेछ । यसै सुचनाका आधारमा आपूर्तिकर्तासंग फ्रेम तथा शिशाको खरिद गरिने परिमाण निश्चित भने गरिनेछैन/हुनेछैन । यस सम्बन्धमा आपूर्तिकर्ताको कुनै दाबि बिरोध लाग्नेछैन ।
९) ढुवानी: अस्पताल द्वारा माग भए बमोजिमको परिमाण आपूर्तिकर्ताले फ्रेम तथा शिशा आपूर्ति चतरा अस्पताल सम्म निशुल्क रुपमा गर्नुपर्नेछ ।
१०) गुणस्तर: आपूर्तिकर्ताले उपलब्ध गराउने शिशा तथा फ्रेमहरु नियमानुसारका गुणस्तर मापदण्ड पुरा गरेका हुनुपर्नेछ, कुनै सामाग्री गुणस्तरहिन भएको गुनासो आएको अवस्थामा आपूर्तिकर्तालाई एक पटक जानकारी पश्चात स्पष्टिकरण सोधि नसिहत दिईने र पुन दोहोरिएमा आपूर्तिकर्तालाई नियमानुसारको जरिवाना सहित कारबाही प्रक्रिया अघि बढाईनेछ ।
११) आईटम वाईज स्वीकृत: एकै किसिमका/मोडेलका चश्माका शिशा तथा फ्रेमहरु आईटम वाईज स्वीकृत गरिनेछ । फ्रेमहरु तथा शिशाको प्रकृति एबम किसिम अनुसार एक वा एक भन्दा बढी आपूर्तिकर्तासंग समेत सम्झौता हुन सक्नेछ ।
१२) कबोल अंक र अक्षर: निबेदनमा फ्रेम तथा शिशाको प्रति ईकाई दर (per unit costs) कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ ।
१३) भुक्तानीको बिषय:
क) चतरा अस्पतालसंग सुरु पुंजी (Capital Amount) नभएको हुँदा, आपूर्तिकर्तालाई अस्पतालको हुँदै जाने आम्दानिबाट भुक्तानी दिंदै गईनेछ, अस्पतालले लिनु पर्ने पुरा भुक्तानिहरु समयमै पूर्ण रुपमा प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाकि रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
ख) भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
१४) शिलबन्दी निबेदन दर्ताको तरिका:
क) अस्पतालको प्रशासन शाखामा आएर: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को रसिद सहित शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ,
ख) हुलाक रजिस्टर्ड मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर सहित शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नुहुनेछ तर कुनै पनि कारण सो शिलबन्दी दरभाउपत्र अस्पताल प्रशासन शाखामा प्राप्त नभएमा अस्पताल जबाफदेही हुनेछैन, यसरी हुलाक मार्फत निबेदन दिनुहुनेहरुले खामको बाहिर स्पस्ट रुपमा आफ्नो संस्थाको नाम फोन नं इमेल र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिदिनुपर्नेछ,
ग) ईमेल मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर लगाएत सबै कागतपत्रको स्क्यान गरि pdf फाईल बनाएर अस्पतालको ईमेल ID chatarahospital@gmail.com मा ईमेल गर्न सक्नुहुनेछ र ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ, तर आपूर्तिकर्तालाई सकेसम्म स्वम उपस्थित भई, नमिलेको अवस्थामा हुलाक रजिस्टर्ड र कुनै बिशेष कारण नमिलेको अवस्थामा मात्र इमेल गरि शिलबन्दी दरभाउ पेश गर्नुहुन अनुरोध गरिन्छ,
घ) निबेदन दस्तुर बुझाउने तरिका: यस संस्थाको बिल काउन्टरमा वा अस्पतालको निम्न खातामा Esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सकिनेछ,
बैंक खाता विवरण:
a. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
b. खाताको नाम: चतरा अस्पताल
English मा: Chatara Aspatal
c. खाता नं: २१६०१००००४६६८००१
English मा: 2160100004668001
१५) शिलबन्दी दरभाउ स्वीकृत (पूर्ण वा आम्सिक) तथा अस्वीकृत गर्ने एवम् आपुर्तिकर्ता छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद/मुल्यांकन समिति र व्यवस्थापन समितिमा निहित रहनेछ ।
१६) आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।
थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: यस वडा कार्यालयको सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।