०८ माघ २०८२, बुधबार

बिषय:- निलम्बन गरिएको बारे

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा कार्यरत एक जना कर्मचारीद्वारा मिति २०८१/०३/०७ गतेका दिन बेलुकी एक जना सेवाग्राहीलाई चिकित्सकद्वारा प्रोसीडियर भईरहेको अवस्थामा निज चिकित्सकलाई एक्लै छाडेर जानुभएको र मिति २०८१/०३/१३ गते दिनको अन्दाजी १:०० बजे सम्बन्धित विभागमा चिकित्सकद्वारा प्रोसीडियर भईरहेको अवस्थामा मिति २०८१/०३/०६ गतेको आन्तरिक निर्देशन “डिउटी समयमा अस्पताल परिसर बाहिर नजान र डिउटी समयमा चिकित्सकलाई एक्लै छाडेर नजान दिईएको निर्देशन” लाई समेत नजर-अन्दाज गरी गैरजिम्मेवारी रुपमा अस्पताल परिसर बाहिर जानुभएको सम्बन्धमा निज कर्मचारीसंग मिति २०८१/०३/१४ गते लिईएको स्पष्टिकरण अध्ययन पश्चात निज कर्मचारीलाई आज २०८१/०३/१५ देखि नै लागु हुने गरी तीन (३) दिनको लागि निलम्बन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ । साथै सम्पूर्ण कर्मचारीहरुलाई निर्धारित डिउटी समयमा सम्बन्धित कार्यस्थलमा रहनुहुन र आफ्नो विभागमा काम नसकिंदा सम्म कार्यस्थल छाडेर नजानुहुन पनि पुन: निर्देशन दिईएको छ । आगामी दिनमा यस्तै प्रकृतिको गैरजिम्मेवारीपन जो-कोहि कर्मचारीबाट पनि भएमा नियमानुसारको कारबाही वा बिदाई गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]