बिषय: जानकारी एवम् जरिवाना सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२९ गतेको बैठक निर्णय अनुसार अस्पतालको क्यान्टिनलाई थप सरसफाई कायम गर्न स्टाफ क्यान्टिनलाई मिति २०८१ कार्तिक ०१ देखि लागु गर्ने गरी तपशिल बमोजिमका निर्देशनहरु कार्यान्वन गरिने हुँदा यस अस्पतालका सम्पूर्ण चिकित्सक एवम् कर्मचारीहरुलाई समेत जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
यस अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरु एवम् सर्बसाधारण सेवाग्राहीहरु वा क्यान्टिनमा आउनुहुने महानुभाबहरु क्यान्टिनको किचेनमा जान पनि माथिका सबै नियमहरु अबलम्बन गर्नुपर्नेछ । बिशेष गरी बाहिर लगाईने जुत्ता चप्पलहरुबाट सबै भन्दा धेरै संक्रमण हुन सक्ने जोखिम हुने रहेको हुँदा यस सूचना प्रकाशन पश्चात समेत अटेरी गरि क्यान्टिनको किचेनमा बाहिरको जुत्ता/चप्पल लागेर जानुहुने जोकोही (क्यान्टिनका कुक/संचालक/चिकित्सक/कर्मचारी/ अन्य) महानुभाबहरुलाई मिति २०८१ कार्तिक ०१ देखि रु.१,०००/- (रु.एक हजार) सम्म जरिवाना गरिने व्यहोरा यसै सूचना मार्फत सुचित गरिन्छ ।
पुनश्च: रोग लागि सकेपछी पछुताउनु भन्दा रोग लाग्न सक्ने जोखिमहरुलाई न्यूनीकरण गर्नु नै बुद्धिमानी भएको हुनाले सम्बन्धित हामी सबैको लागि लगाईएका माथिका नियमहरु सबैले अबलम्बन गरिदिनुहुन अनुरोध सहित सो बिषयहरु अटेरी भएमा अस्पतालले तोकिए बमोजिमको जरिवाना गर्ने बिषयमा शंका नगर्नुहुन विनम्रता पुर्बक अनुरोध छ ।
