बिषय: MDGP बिशेषज्ञ चिकित्सक (नबौं तह)
करार सेवामा लिने बारे सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०२/२० गतेको बैठकद्वारा चतरा अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी एक जना Full-Timer MDGP बिशेषज्ञ चिकित्सक (नबौं तह) नियुक्ति गर्ने निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
- आवश्यक कर्मचारीको पद र संख्या र विवरण:
- MDGP बिशेषज्ञ चिकित्सक (नबौं तह): एक जना ।
- न्युनतम योग्यता:
- मान्यता प्राप्त संस्थाबाट सम्बन्धित पदका लागि तोकिएको सम्बन्धित बिषय उतिर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको नेपाली नागरिक हुनुपर्नेछ,
- पेश गर्नुपर्ने कागजपत्रहरु: अन्तर्वार्ताका दिन सक्कलै कागजपत्र सहित उपस्थित हुनुपर्नेछ ।
- नेपाली नागरिकताको प्रतिलिपि र
- SLC/SEE देखि न्युनतम योग्यतामा उल्लेख भएका योग्यताको प्रमाणपत्र प्रतिलिपिहरु ।
- आबेदन शुल्क: निशुल्क : आबेदन दिनका लागि कुनै शुल्क लाग्ने छैन ।
- छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार हुनेछ ।
- सेवा सुबिधा:
- MDGP बिशेषज्ञ चिकित्सक नबौं तहको नेपाल सरकारको नियामुसारको तलब सुविधामा त्यति नै रकम प्रोत्साहन स्वरूप उपलब्ध गरिनेछ ।
- सामाजिक सुरक्षा कोषमा नबौं तहको तलबको कर्मचारीको ११% मा अस्पतालद्वारा २०% रकम थप गरी जम्मा ३१% नियमानुसार जम्मा गरिनेछ ।
- यस चतरा अस्पतालमा बिहान ७ बजे देखि ८ बजेसम्म ओ पी डी संचालन हुने हुँदा तोकिएको निर्धारित समय भन्दा बाहेक थप डिउटी गर्न चाहेमा सो समयको समेत नबौं तहको तलब रकममा त्यति नै प्रोत्साहन रकम थप गरी उपलब्ध गरिनेछ । अर्थात् अतिरिक्त काम गर्ने चाहाना भएमा यसै अस्पतालमा पाईनेछ यद्यपि यो निवेदकको व्यक्तिगत स्वैचिक बिषय हुनेछ ।
- नाईट ONCALL बसेमा निर्धारित सेवा रकम उपलब्ध गरिनेछ ।
- आबाशको ब्यबस्था गरिनेछ ।
- खाजा/खानामा अस्पतालको नियमानुसार अस्पताल क्यान्टिनमा उपलब्ध गरिनेछ ।
- सम्झौता भएको समयसम्ममा नेपाल सरकारबाट अन्य बिशेषज्ञ चिकित्सकहरु जति संख्यामा उपलब्ध भई आए पनि माथि उल्लेखित ग) र घ) भन्दा बाहेक अन्य कुनै पनि बुंदामा परिवर्तन गरिनेछैन । यद्यपी अतिरिक्त समय कम गर्ने नगर्ने बिषयमा आपसी समझदारीमा निर्धारण गर्न सकिनेछ ।
- निवेदक कम्तिमा पनि एक बर्षको लागि बस्नुपर्नेछ ।
- अन्य बिषयहरु आपसी समझदारीमा निर्धारण गर्न सकिनेछ ।
- निबेदन दर्ताको तरिका:
निबेदन https://chatarahospital.p1.gov.np/details/download बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
- अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु CV र निबेदन अस्पतालको प्रशासन शाखामा कार्यालयको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।
- ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।
- निबेदन दिने समय: मिति २०७९/०२/२२ गते देखि मिति २०७९/०३/०५ गते दिनको ४:०० बजे सम्म मात्र । यस चतरा अस्पतालमा सार्बजनिक बिदामा समेत सबै सेवा सुचारु भईरहने र ईमेल मार्फत समेत आबेदन दिन सकिने हुँदा सो अन्तिम दिन यदि सार्बजनिक बिदा पर्न गएमा समेत सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
- अन्तर्बार्ताको मिति: अन्तर्बार्ताका बारेमा सम्बन्धित निवेदकहरुलाई सूचना प्रकाशन गरी सुचित गरिनेछ, सो का लागि यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत सूचना राखिनेछ, अन्तरबार्ता सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।
- कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार ब्यबस्थापन समितिमा निहित रहनेछ ।
थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा ९८१६३३८६१४ वा सूचना अधिकारी ९८५२०२६२८४ वा ब्यबस्थापक ९८५६०६३३३१ वा ०२५-५५००११ वा वेबसाईट: chatarahospital.p1.gov.np वा ईमेल chatarahospital@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
- श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी ।:- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
- श्री १ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।:- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
- श्री २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।:- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।

