१८ बैशाख २०८३, शुक्रबार

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०८२/०८३ को “बार्षिक नीति तथा कार्यक्रम एवम् बार्षिक बजेट” निर्माण समितिको मिति २०८२/०४/२२ गतेको बैठक निर्णय नंः ०२ अनुसार मिति २०८२/०४/२९ गते ४:०० बजे सम्म सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधि ज्यूहरु, स्थानीय समाजसेबी बुद्धिजीवी ज्यूहरु, पत्रकार ज्यूहरु, महिला स्वास्थ्य स्वयंसेविका ज्यूहरु, चतरा अस्पतालका प्रत्यक्ष एवम् अप्रत्यक्ष सेवाग्राहीहरु, विभिन्न कार्यालय/संघ/संस्था/वन/बैंक/सहकारी/सुरक्षा निकाय/बिद्यालय/आमा समुह लगायत अस्पतालका कर्मचारी ज्यूहरु लगाएत सम्पूर्ण महानुभाबहरुलाई चतरा अस्पतालको आगामी आ.ब. २०८२/०८३ का लागि उपयुक्त रहेका/अबलम्बन गर्नुपर्ने नीति तथा कार्यकमका लागि लिखित रुपमा तपशिलका महानुभाबहरु समक्ष कार्यक्रमको नाम, अनुमानित लागत, कार्यक्रमको उद्देश्य, कार्यक्रम सम्पन्न पश्चातको प्रतिफल लगायतका विषयहरु समावेश गरी प्रशासन शाखामा सुझाब पेश गरी सहयोग गरिदिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको व्यहोरा सादर अनुरोध छ।

तपशिलः

चतरा अस्पतालको आ.ब. २०८२/०८३ को “बार्षिक नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट” निर्माण समितिः

१) संयोजक

२) सदस्य

३) सदस्य सचिव

: श्री प्रदिप बस्नेत

: श्री कृष्ण प्रसाद कट्टेल

: डा. नबीन अधिकारी

: ९८४२०६७९९२

: ९८४२०४११३७

: ९८६०६८४६६३

सुझाबका लागि ईमेलः chatarahospital@gmail.com.

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]