२२ जेठ २०८३, शुक्रबार

बराहक्षेत्र नगरपालिका वडा नं. २ को पूर्ण खोप सुनिश्चितता तथा घोषणा कार्यक्रममा गरिमामय उपस्थित भई कार्यक्रमको सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने श्री वडा कार्यालय परिवार, खोप समन्वय समिति, वडा नं. २ का महिला स्वास्थ्य स्वयंसेविकाहरू, चतरा अस्पताल परिवार, समाजसेवी, बुद्धिजीवी महानुभावहरू तथा सम्पूर्ण सेवाग्राहीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं। यहाँहरूको सम्माननीय उपस्थिति, सक्रिय सहभागिता तथा रचनात्मक सहयोगले कार्यक्रमको गरिमा अभिवृद्धि हुनुका साथै पूर्ण खोप सुनिश्चितता अभियानलाई थप प्रभावकारी, सफल र उपलब्धिमूलक बनाउन महत्वपूर्ण टेवा पुगेको छ। आगामी दिनहरूमा पनि यस्तै अमूल्य साथ, सहयोग र सहभागिता निरन्तर प्राप्त हुने विश्वासका साथ सम्पूर्ण उपस्थित महानुभावहरूप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]