बिषय: गहना भेटिएको बारे सूचना ।
प्रथम पटक सूचना प्रकाशन: मिति २०७८/०१/०७
दोश्रो पटक सूचना प्रकाशन: मिति २०७८/०५/२१
प्रस्तुत सम्बन्धमा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा मिति २०७८/०१/०६ गतेका दिन एक जना सेवाग्राही महानुभाबले कार्यालय परिसरमा कसैको गहना भेटि कार्यालयमा बुझाईदिनुभएको हुदा गहना हराउनुहुने सेवाग्राही महानुभाबले आफ्नो गहनाको विवरण दाबि प्रमाण सहित कार्यालयमा लिखित निबेदन दिनुहुन भनि प.सं:२०७७/०७८, च.नं:४९१, मिति २०७८/०१/०७ गते प्रकाशित सूचनालाई श्री १ नं र २ नं वडा कार्यालय, श्री इलाका प्रहारी कार्यालय, चतरामा समेत बोधार्थ समेत दिईएको र हालसम्म पनि कोहि पनि सो गहनाका लागि दाबि गर्न नआउनु भएको हुदा पुन यो सूचना प्रकाशन गरिएको छ ।
साथै सम्पूर्ण सेवाग्राही महानुभाबहरुलाई आफ्नो सामाग्रीको जतन/ख्याल गर्नुहुन एबम सजग भईदिनुहुन अनुरोध गर्दै कार्यालय परिसरमा भेट्नुभएको गहना कार्यालयमा बुझाई दिनुहुने निश्वार्थी भलाद्मी ईमान्दार सेवाग्राही महानुभाबलाई पुन हृदयदेखि नै हार्दिक नमन गर्दछौ ।
…………………..
बोधार्थ:
