३० चैत्र २०८२, सोमबार

बिषय: गहना भेटिएको बारे सूचना ।

प्रथम पटक सूचना प्रकाशन: मिति २०७८/०१/०७

दोश्रो पटक सूचना प्रकाशन: मिति २०७८/०५/२१

प्रस्तुत सम्बन्धमा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा मिति २०७८/०१/०६ गतेका दिन एक जना सेवाग्राही महानुभाबले कार्यालय परिसरमा कसैको गहना भेटि कार्यालयमा बुझाईदिनुभएको हुदा गहना हराउनुहुने सेवाग्राही महानुभाबले आफ्नो गहनाको विवरण दाबि प्रमाण सहित कार्यालयमा लिखित निबेदन दिनुहुन भनि प.सं:२०७७/०७८, च.नं:४९१, मिति २०७८/०१/०७ गते प्रकाशित सूचनालाई श्री १ नं र २ नं वडा कार्यालय, श्री इलाका प्रहारी कार्यालय, चतरामा समेत बोधार्थ समेत दिईएको र हालसम्म पनि कोहि पनि सो गहनाका लागि दाबि गर्न नआउनु भएको हुदा पुन यो सूचना प्रकाशन गरिएको छ ।

साथै सम्पूर्ण सेवाग्राही महानुभाबहरुलाई आफ्नो सामाग्रीको जतन/ख्याल गर्नुहुन एबम सजग भईदिनुहुन अनुरोध गर्दै कार्यालय परिसरमा भेट्नुभएको गहना कार्यालयमा बुझाई दिनुहुने निश्वार्थी भलाद्मी ईमान्दार सेवाग्राही महानुभाबलाई पुन हृदयदेखि नै हार्दिक नमन गर्दछौ ।

…………………..

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका, चक्रघट्टी, सुनसरी ।
  • श्री १ नं वडा कार्यालय, बराहक्षेत्र नगरपालिका, सुनसरी ।
  • श्री २ नं वडा कार्यालय, बराहक्षेत्र नगरपालिका, सुनसरी ।
  • श्री ससस्त्र प्रहरी बल, चतरा, बराहक्षेत्र न पा:२, सुनसरी ।
  • श्री ईलाका प्रहरी कार्यालय, चतरा, बराहक्षेत्र न पा १, सुनसरी ।
  • श्री आदर्श मा.बि, बराहक्षेत्र न पा:२, सुनसरी ।
  • श्री चतरा सामुदायिक बहुउधेशीय सहकारी संस्था लि, बराहक्षेत्र न पा:२, सुनसरी ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]