मिति: २०७७/०९/०९
बिषय: कोटेसन छनौटको सूचना बारे ।
प्रस्तुत सम्बन्धमा श्री बराहक्षेत्र न पा वडा कार्यालय १ को मिति २०७७/०७/१९ गतेको प.स.:०७७/०७८ च.नं: २६८ को पत्रानुसार आ.ब. ०७७/०७८ मा श्री वडा कार्यालय १ द्वारा विनियोजित वडा स्तरीय योजना अन्तर्गत सि.न. १९ ‘श्री प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा ब्यबस्थापन’ अन्तर्गत यस कार्यालयबाट माग गरिएका सामाग्रीहरु यसै कार्यालयबाटै खरिद कोटेशन प्रक्रिया द्वारा गराउनका लागि सहमति प्राप्त भए बमोजिम यस स्वास्थ्य केन्द्रको प.स. ०७७/०७८ च नं २२२ मिति २०७७/०८/१६ को सुचना अनुसार कोटेसन माग भई जम्मा पाच आपूर्तिकर्ताहरुबाट प्राप्त कोटेसन छनौट समितिद्वारा मिति २०७७/०९/०९ गते अध्ययन गर्दा निम्न आपूर्तिकर्ता फर्मको कबुलियत रकम सबैभन्दा कम रहेकाले निम्न मिति सम्ममा निम्न सामाग्री निम्न परिमाणमा प्राथमिक स्वास्थ्य केन्द्र चतरामा उपलब्ध गराउनुहुन अनुरोध छ ।
यसै सुचना द्वारा निबेदन दिनुहुने अन्य आपूर्तिकर्ताहरुलाई कुनै दाबि बिरोध भएमा मिति २०७७/०९/१७ गते शुक्रबार दिनको १:०० बजे सम्ममा यस स्वास्थ्य केन्द्रको प्रशासन शाखामा लिखित रुपमा पेश गर्नुहुन समेत सुचित गरिन्छ ।
निम्न:
| क्र.सं | सामाग्रीको नाम | आवश्यक परिमाण | कैफियत |
| १) | बिरामी बेड | एघार थान | |
| २) | बिरामी बेडको matress | एघार थान | |
| ३) | IV स्ट्यान्ड | एघार थान | |
| ४) | बेड साईड लकर | एघार थान |
४) आपूर्तिहुने सामाग्रीहरु निबेदन दिदाका समयमा पेश गरिएका तस्बिर एबम गुणस्तर अनुसार कै हुनुपर्नेछ अन्यथा यस स्वास्थ्य केन्द्रद्वारा ति सामाग्रीहरु कबुल गरिनेछैन ।
थप जानकारीका लागि अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चतरा
