प.स.:०७७/०७८, च.नं: ३०७ मिति: २०७७/०९/२४
बिषय: आखाको सेवा संचालानका लागि प्रस्ताबहरु माग बारे सूचना ।
प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७७/०९/२२ गते बसेको ब्यबस्थापन समिति र सल्लाहकार समितिको संयुक्त बैठकद्वारा यस स्वास्थ्य केन्द्रमा आखाको सेवाग्राहीहरुलाई मध्यनजर गर्दै आखाको ओ पी डी सेवा संचालन गर्न अनिवार्य रुपमा श्री स्वास्थ्य बिमा बोर्डसंग सम्झौता भई सेवा प्रदान गरिरहेका ईच्छुक आखा अस्पताल वा अस्पताल संग निम्न बुदाहरुमा प्रस्ताब माग गर्ने निर्णय भएबमोजिम प्रस्ताब पेश गर्नुहुन सविनय अनुरोध छ ।
निम्न:
क्र.स. | प्रस्ताब पेश गर्नुपर्ने बिषयहरु | बिषयहरुमा खुल्नु पर्ने विवरणहरु | निवेदक संस्थाको तर्फबाट प्रस्ताबहरु | कै |
१ | आखा ओ पी डी समय | यस स्वास्थ्य केन्द्रमा आखाको ओ पी डी सेवा हप्ताको कति दिन, दैनिक कति दिन संचालन गर्ने हो सो विवरण खुलाउने, | ||
२ | आवश्यक जनशक्ति | आखाको ओ पी डी संचालनको लागि आवश्यक सेवाप्रदायक जनशक्तिको योग्यता, संख्या र निजहरुको मासिक तलबभत्ताको बिषय र सो जनशक्ति खर्च कुन संस्थाले के कसरि व्यहोर्ने भन्ने विवरण खुलाउने, | ||
३ | आवश्यक उपकरणहरु | उल्लेखित आखा सेवा संचालन गर्न आवश्यक औजार उपकरणको ब्यबस्थापन एबम त्यसको स्वामित्व एबम त्यसको लागतको श्रोतबारेमा प्रस्ताबमा विवरण खुलाउनुपर्ने, | ||
४ | आम्दानिको बर्गिकरण | आखा बिभागबाट हुने आम्दानीको वितरणमा निवेदक संस्थाको माग तथा प्रस्ताबहरुको विवरण खुलाउने, | ||
५ | चस्मा ब्यबस्थापनको बिषय | सेवाग्राहीहरुलाई उपलब्ध गराउनुपर्ने चस्माको ब्यबस्थापन र त्यसको आम्दानिको बारेमा निवेदक संस्थाको प्रस्ताबित विवरण खुलाउनुपर्ने, | ||
६ | यातायात, खाना/खाजा एबम आबाशको बिषय | निवेदक संस्थाको तर्फबाट यातायात, जनशक्तिहरुको आबश खाना खाजा लगायतको बिषय, सेवाग्राहीहरुलाई आवश्यकताका आधारमा उपलब्ध गराउन सकिने यातायात सुबिधाका बिषयहरु, | ||
७ | सम्झौताको समय | निवेदक संस्थाले आफ्नो तर्फबाट प्रस्तावित सम्झौताको माग निवेदनमा उल्लेख गर्नुपर्ने, | ||
८ | यस स्वास्थ्य केन्द्र र निवेदक संस्थाबीचको दुरी | निवेदक संस्था चतराबाट अन्दाजी कति किलोमीटर दुरी (by road) मा अवस्थित रहेको विवरण खुलाउनु पर्ने, | ||
९ | निवेदक संस्थामा आखा सम्बन्धि उपलब्ध सेवाहरुको संछिप्त विवरण | निवेदक संस्थामा हाल आखा सम्बन्धि उपलब्ध स्वास्थ्य सेवाहरुको संछिप्त विवरण पेश गर्नुपर्नेछ, | ||
१० | अन्य | निवेदक संस्थालाई कुनै बिसेस एबम भिन्न किसिमको प्रस्ताब योजना पेश गर्नुपर्ने लागेमा सोको पूर्ण विवरण लिखित रुपमा पेश गर्नुपर्ने र माथि उल्लेख गर्न छुट भएका बिश्यहरुका बारेमा निवेदक संस्थाको तर्फबाट प्रस्ताबहरु पेश गर्न सकिने, |
English मा: Prathamik Swastha Kendra Chatara
English मा: 2160100004668001
थप जानकारीका लागि प्रा स्वा के चतराको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।
बोधार्थ: