०८ माघ २०८२, बुधबार

प.स.:०७७/०७८, च.नं.:३१४, मिति: २०७७/०९/२७

बिषय: ल्याब उपकरण खरिद सम्बन्धि सूचना ।।

सूचना प्रकाशन मिति: २०७७/०९/२७, टेन्डर न: ०३-०७७/०७८ ।।

प्रस्तुत सम्बन्धमा मिति २०७७/०९/२२ गते यस स्वास्थ्य केन्द्र चतराको “सेवा बिस्तार उपसमिति” को प्रस्ताब एबम “ब्यबस्थापन समिति र सल्लाहकार समिति” को संयुक्त निर्णयानुसार यस स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीहरूलाई थप गुणस्तरीय ल्याब सेवा उपलब्ध गराउन एबम ल्याब सेवा बिस्तार गर्न अति आवश्यक निम्नानुसारका ल्याब उपकरणहरु खरिद गर्ने निर्णय भएअनुसार निम्न शर्तहरु रहने गरि सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ:

निम्न:

  • Electrolyte Analyzer,
  • Semi-Automated Bio-chemical Analyzer,
  • Micro plate Elisa Reader,
  • Protein with HBA1c Analyzer र
  • Fully Automated Hematology Analyzer (3 parts differential).

यी पाच उपकरणहरुको पूर्ण विवरण (specification) प्राथमिक स्वास्थ्य केन्द्र चतराको सूचना पार्टीमा वा यस स्वास्थ्य केन्द्रको वेबसाईटको https://chataraphc.p1.gov.np/details/download मा समेत राखिनेछ । Specification हरुको word file वा pdf file आवश्यक परेमा निबेदकहरुलाई इमेल मार्फत समेत उपलब्ध गराईनेछ ।

शर्तहरु:-

  • टेन्डर निबेदन प्राथमिक स्वास्थ्य केन्द्र चतराको प्रशासन शाखामा शिलबन्दी गरि वा इमेल chataraphc@gmail.com मा पठाउनुपर्नेछ । ईमेलमा निबेदन दिनुहुनेहरुले सबै आवश्यक कागजपत्र एबम specification हरु समेत pdf formate मा पठाउनुपर्नेछ ।
  • निबेदन दिने अन्तिम मिति र समय: मिति २०७७/०९/२७ गते देखि २०७७/१०/१२ गते दिनको १२:०० बजे सम्म । यो स्वास्थ्य केन्द्र सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन मान्य हुनेछैन ।
  • टेन्डर निबेदन खोल्ने मिति र समय: निवेदकहरुलाई निबेदन दिन एबम निबेदन खोल्ने दिनमा सहभागी हुन सहजता भई थप निश्पक्ष एबम पारदर्शी छनौटका लागि निबेदन दिने अन्तिम दिन र निबेदन खुल्ने दिन एकै दिन राखिएको छ । मिति २०७७/१०/१२ गते दिनको ठिक १:०० बजे ब्यबस्थापन समिति प्रतिनिधि एबम वडा कार्यालय प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ । सबै निवेदकहरुलाई यसै सूचना मार्फत सो समयमा उपस्थितिका लागि जानकारी गरिन्छ । निवेदकहरुको अनुपस्थितिले टेन्डर निबेदनहरु खोल्न बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना इमेल ID मा समेत पत्राचार गरिदिने हुदा सम्पूर्ण निबेदकहरूले आफ्नो इमेल ID स्पष्ट रुपमा निबेदनमा उल्लेख गरिदिनुहोला । यधपी कम्तिमा तिन वोटा पनि टेन्डर निबेदन नपरेमा निबेदन दिने सुचनाको म्याद थपका लागि सोहीअनुसार सूचना प्रकाशन गरिनेछ र सबै प्राप्त टेन्डर निबेदनहरु एकै पटक खोलिनेछन् ।
  • निबेदन दस्तुर: रु. एक हजार रुपैया मात्र ।
  • संलग्न हुनु पर्ने कागजपत्रहरु: स्वास्थ्य केन्द्रलाई सम्बोधन गरिएको निबेदन संगै निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, यसका साथै आवश्यकता अनुरुप ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
  • आपूर्तिकर्ताले आफुले उपलब्ध गराउने भनिएका उपकरणहरुको स्पेसीफिकेसन संग माग गरिएका सबै डकुमेन्ट (कागजपत्रहरु) निबेदनसंग अनिवार्य रुपमा पेश गर्नुपर्नेछ, उपकरणको रंगिन फोटोहरु उपलब्ध नगराईएको निबेदन मान्य हुने छैन । उल्लेखित उपकरणहरुको वारेन्टी ग्यारेन्टीको बिषय र उपकरणको maintenance मर्मत सम्भारको बिषय स्पस्ट खुलेको हुनुपर्दछ ।
  • निवेदकले हरेक उपकरणद्वारा अधिकतम प्रयोग गरिने ल्याब परिक्षणहरुको per unit costs अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । यो शुल्क पनि उपकरण छनौट गर्नमा मुल्यांकन गरिनेछ ।
  • उल्लेखित उपकरणहरु यस स्वास्थ्य संस्था सम्म ढुवानी, installation र कर्मचारीहरुलाई आवश्यक orientation निशुल्क रुपमा गर्नुपर्नेछ ।
  • यस सुचनामा उल्लेख गरेको specification अनुरुपको सामाग्रीहरुको निवेदकले अनिवार्य रुपमा कबुल मुल्य राख्नुपर्नेछ, यदपि निवेदकले यदि कुनै माग गरिएका समाग्रिहरुमा भिन्न भिन्न बिकल्पहरु भएमा तिनको पनि specification र picture सहित कबुल मुल्य खुलाएर पेश गर्न सक्नुहुनेछ ।
  • निवेदकहरुसंग उपकरण आपूर्तिका बिषयमा कुनै बिसेस सल्लाह सुझाब एबम कुनै बिसेस किसिमका प्रस्ताबहरु भएमा (जस्तै: कुनै उपकरण यस स्वास्थ्य केन्द्रलाई सौजन्य गरि त्यसमा प्रयोग हुने केमिकल कुनै निश्चित समयसम्म सो निवेदक आपूर्तिकर्तासंग कुनै निश्चित शुल्कमा खरिद गर्नुपर्ने प्रस्ताब) त्यसलाई पनि निबेदनमा नै उल्लेख गरि पेश गर्नुहुन अनुरोध छ । यद्यपी यस्ता प्रस्ताबहरु अतिरिक्त प्रस्ताबहरु हुने हुदा सम्बन्धित सबै उपकरणको प्रस्तावित कबुल शुल्क भने अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
  • यस टेन्डर निबेदनमा उल्लेख गरिएका पाच किसिमका उपकरणहरुको खरिद भिन्न भिन्न निवेदक आपूर्तिकर्ता वा एउटा निवेदक आपूर्तिकर्तासंग मात्रै खरिद गर्ने भन्ने छनौटको बिषय प्राप्त प्रस्ताबहरु अध्ययन पश्चात सेवा बिस्तार उपसमितिले निर्णय गरे बमोजिम हुनेछ ।
  • निबेदनमा कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ।

 

  • भुक्तानीको बिषय:
  • प्राथमिक स्वास्थ्य केन्द्र चतरासंग सुरु पुंजी (capital amount) नभएको हुँदा, आपूर्तिकर्तालाई स्वास्थ्य केन्द्रको हुदै जाने आम्दानिबाट भुक्तानी दिदै गईनेछ, स्वास्थ्य केन्द्रले लिनु पर्ने पुरा भुक्तानिहरु जस्तै स्वास्थ्य बिमा बोर्ड लागएतबाट समयमै पूर्ण भुक्तानी प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाकि रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
  • भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
  • निबेदन दर्ताको तरिका:
  • ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन स्वास्थ्य केन्द्रको प्रशासन शाखामा वा chataraphc@gmail.com मा निबेदन दस्तुर रु.१,०००/- (एक हजार रुपैया, फिर्ता नहुने गरि) को रसिद सहित पेश गर्न सकिनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ,
  • निबेदन दस्तुर यस संस्थाको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सक्नुहुनेछ,
  • बैंक खाता विवरण:
    1. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
    2. खाताको नाम: प्राथमिक स्वास्थ्य केन्द्र चतरा
    3. English मा: Prathamik Swastha Kendra Chatara
    4. खाता नं: २१६०१००००४६६८००१
    5. English मा: 2160100004668001
  • आपुर्तिकर्ताको छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिमा निहित रहनेछ । आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।

साथै माथि उल्लेखित वा अन्य कुनै पनि स्वास्थ्य औजार उपकरणहरु यस स्वास्थ्य केन्द्रलाई सौजन्य गर्न ईच्छुक सम्पूर्ण संघ/संस्था वा महानुभाबहरुलाई समेत यसै सुचना मार्फत स्वास्थ्य केन्द्रमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध एबम अपिल गर्दछौ

थप जानकारीका लागि स्वास्थ्य केन्द्रको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा वा सूचना अधिकारी श्री योगेन्द्र कट्टेल ज्यू (९८५२०२६२८४) संग सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चतरा

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
  • श्री वडा कार्यालय, बराहक्षेत्र न पा: १, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
  • श्री वडा कार्यालय, बराहक्षेत्र न पा: २, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]