प.सं:०७७/०७८, च.नं:३३५, मिति: २०७७/१०/११
बिषय: करार सेवामा लिने बारे सूचना ।
सूचना जारी मिति: २०७७/१०/११
प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७७/१०/०९ गतेको ब्यबस्थापन समितिको बैठकद्वारा यस स्वास्थ्य केन्द्रमा आवश्यक केहि जनशक्तिहरुमा आबेदन नपरेको हुदा निम्नानुसारका योग्यता रहने गरि करार सेवामा लिन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
- आवश्यक कर्मचारीको पद र संख्या:
- Diploma in Physiotherapy: एक जना र
- स्टोर सहयोगी: एक जना ।
- न्युनतम योग्यता:
- Diploma in Physiotherapy: मान्यता प्राप्त संस्थाबाट Diploma in Physiotherapy वा Proficiency Certificate level in Physiotherapy उतिर्ण गरेको नेपाली नागरिक हुनुपर्ने,
- स्टोर सहयोगी: कम्तिमा पनि SLC/SEE उतिर्ण भएको, सवारी साधनको “B” लाईसेन्स भएको र कम्पुटर सिप राम्रो भएको नेपाली नागरिक हुनुपर्ने ।
- पेश गर्नुपर्ने कागजपत्रहरु: अन्तर्वार्ताका दिन सक्कलै कागजपत्र सहित उपस्थित हुनुपर्नेछ ।
- नेपाली नागरिकताको प्रतिलिपि र
- न्युनतम योग्यतामा उल्लेख भएका योग्यताको प्रमाणपत्र प्रतिलिपिहरु ।
- Diploma in Physiotherapy पदका लागि कम्तिमा हप्तामा दुई दिनको समय वा कम्तिमा दिनमा तीन घण्टा समय दिई part-timer कर्मचारीको रुपमा काम गर्न ईच्छुक निवेदकहरुले समेत निबेदन दिन सक्नुहुनेछ ।
- आबेदन शुल्क: Diploma in Physiotherapy पदको लागि रु. पाच सय रुपैया र स्टोर सहयोगीको रु.तिन सय रुपैया मात्र ।
- छनौट तरिका: अन्तरबार्ता एबम प्रयोगात्मक ।
- सेवा सुबिधा: आपसी समझदारीमा ।
- निबेदन दर्ताको तरिका:
- ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु र निबेदन स्वास्थ्य केन्द्रको प्रशासन शाखामा वा chataraphc@gmail.com मा निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ,
- निबेदन दस्तुर यस संस्थाको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सक्नुहुनेछ,
- बैंक खाता विवरण:
- बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
- खाताको नाम: प्राथमिक स्वास्थ्य केन्द्र चतरा
English मा: Prathamik Swastha Kendra Chatara
- खाता नं: २१६०१००००४६६८००१
English मा: 2160100004668001
- निबेदन दिने अन्तिम समय: मिति २०७७/१०/११ गते देखि मिति २०७७/१०/२५ दिनको १:०० बजे सम्म मात्र। यस स्वास्थ्य केन्द्रमा सार्बजनिक बिदामा समेत सबै सेवा सुचारु भईरहने हुदा सो अन्तिम दिन सार्बजनिक बिदा यदि पर्न गएमा पनि सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
- अन्तर्बार्ताको मिति: अन्तर्बार्ताकाबारेमा सम्बन्धित निवेदकहरुलाई सुचित गरिनेछ, माग भएका पदहरुको आवश्यकताका आधारमा भिन्न भिन्न समयमा अन्तरबार्ता हुन सक्नेछ, अन्तरबार्ता सम्बन्धि सूचना कम्तिमा २ दिन (४८ घण्टा) को समय राखी प्रकशान गरिने र सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि अनिवार्य रुपमा सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु लेख्दा बिसेस बिचार गरिदिनुहुन अनुरोध छ।
- कर्मचारी छनौट सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार ब्यबस्थापन समितिमा निहित रहनेछ ।
साथै माथि उल्लेखित कुनै पनि जनशक्ति (पद) हरुको लागि कुनै पनि संघ/संस्था वा व्यक्तिले जनशक्ति खर्च उपलब्ध (Sponsor) गर्न ईच्छुक हुनुभएमा स्वास्थ्य केन्द्रमा सम्पर्क गरिदिनुहुन समेत यसै सुचना मार्फत अनुरोध एबम अपिल गर्दछौ । थप जानकारीका लागि प्रा स्वा के चतराको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
प्रा स्वा के चतरा ।
बोधार्थ:
- श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
- श्री वडा कार्यालय, बराहक्षेत्र न पा: १, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
- श्री वडा कार्यालय, बराहक्षेत्र न पा: २, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
