३० मंसिर २०८२, सोमबार

प.स.:०७७/०७८. च.नं:३५४,                                                                                   मिति:२०७७/१०/२२

बिषय: ल्याब उपकरण खरिद छनौट एबम दाबि/बिरोध बारे ।

प्रस्तुत सम्बन्धमा मिति २०७७/०९/२२ गते यस स्वास्थ्य केन्द्र चतराको सेवा बिस्तार उपसमिति को प्रस्ताब एबम ब्यबस्थापन समिति र सल्लाहकार समिति को संयुक्त निर्णयानुसार यस स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीहरूलाई थप गुणस्तरीय ल्याब सेवा उपलब्ध गराउन एबम ल्याब सेवा बिस्तार गर्न अति आवश्यक निम्नानुसारका ल्याब उपकरणहरु खरिद गर्ने निर्णय भएअनुसार यस स्वास्थ्य केन्द्रको च.नं: ३१४, मिति २०७७/०९/२७ गतेको सूचना अनुसार पाच उपकरणहरुको दररेट माग गरिएको र मिति २०७७/१०/१३ गते निवेदकहरुबाट प्रस्तावित उपकरणहरुमा लाग्ने केमिकलको दररेट माग गरि प्राप्त सबै निवेदकहरुको प्रस्ताब अध्ययन गर्दा प्रस्तावित उपकरणको मुल्य र यस स्वास्थ्य केन्द्रमा बार्षिक रुपमा खपत हुने आवश्यक केमिकलको परिमाणलाई प्रस्तावित उपकरणमा प्रयोग हुने केमिकलको दररेटसंग गुणा गरि आउने मुल्यलाई एकमुस्ट रुपमा तुलना गर्दा निम्न निवेदक संस्था संग ल्याब उपकरण तथा ति उपकरणमा प्रयोग हुने केमिकलहरु प्रस्तावित दररेटमा खरिद गर्ने मिति २०७७/१०/२१ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

छनौट भएको संस्था:

  • श्री शिव इन्टरनेसनल इन्टरप्राइजेज, बिराटनगर:५, मोरंग ।

छनौट हुने संस्थालाई आजको मिति देखि सात दिन (मिति २०७७/१०/२९ गते दिनको १:०० बजे) सम्ममा यस स्वास्थ्य केन्द्र चतराको प्रशासन शाखामा सामाग्री आपूर्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा यस स्वास्थ्य केन्द्र द्वारा अन्य बिकल्पहरुका लागि प्रक्रिया अघि बढाईने व्यहोरा समेत जानकारी गरिन्छ ।

साथै छनौट हुने भन्दा बाहेकका अन्य निवेदक संस्थाहरुलाई कुनै पनि दाबि बिरोध भए मिति २०७७/१०/२९ गते दिनको १:०० बजे सम्ममा यस स्वास्थ्य केन्द्र चतराको प्रशासन शाखामा लिखित रुपमा दर्ता गराउनुहुन समेत यसै सूचनाद्वारा सुचित गरिन्छ । तोकिएको समयभन्दा ढिला प्राप्त हुने दाबि बिरोध निबेदन उपर छलफल हुनेछैन ।

थप जानकारीका लागि प्रा स्वा के चतराको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्रा स्वा के चतरा ।

नोट:

यो सूचना निवेदक सात संस्थाहरुले निबेदन दिदाका समयमा उपलब्ध गराएका ईमेल ID हरुमा समेत प्रेषण गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]