“श्री पवित्रा लिम्बुनी स्मृति स्वास्थ्य बिमा अक्षयकोष” को स्थापना एबम सम्मान कार्यक्रम
इति सम्वत् २०११/०१/०१ गते ताप्लेजुङ जिल्ला थिङलाबु गा.बि.स. वडा नं २ ओख्राबुमा जन्म भई बराहक्षेत्र न पा २ पुनर्बासमा स्थायी बसोबास गरी २०७८/०१/०१ गते दिवंगत हुनुभएकी श्री पवित्रा लिम्बुनीको स्मृतिमा बराहक्षेत्र न पा वडा नं १ र २ (साबिक बराहक्षेत्र गा.बि.स.) निबासी क्यान्सर पिडितहरु एवं अतीविपन्न परिवारहरुका लागि स्वास्थ्य उपचारमा राहत एवं सहायता गर्ने उदेश्यले उहाँका पति श्री लाल कुमार राई ज्यू द्वारा श्री प्राथमिक स्वास्थ्य केन्द्र चतरा बराहक्षेत्र न पा: २ मार्फत संचालन हुने गरि नगद रु.२,००,०००/- (अक्षरेपि दुई लाख रुपैयाँ मात्र) को “श्री पवित्रा लिम्बुनी स्मृति स्वास्थ्य बिमा अक्षयकोष” इति सम्बत २०७८/०१/२० गते रोज २ शुभम् मा स्थापना गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।


