२० बैशाख २०८३, आइतबार

बिषय: आ.ब. २०७८/०७९ को योजना कार्यान्वनमा सहयोग, समन्वय एबम पहलका लागि अपिल बारे ।

प.स.:०७७/०७८, च.नं.:५८८, मिति: २०७८/०२/३१

प्रस्तुत सम्बन्धमा नेपाल सरकारद्वारा १५ शैयाको आधारभुत अस्पतालमा स्तरोन्नतिका लागि सुचिकृत भई यसै ०७७/०७८ आर्थिक बर्षबाट १५ शैयाको आधारभुत अस्पताल भवन निर्माण प्रक्रिया समेत सुरु भईसकेको यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा हरेक दिन (शनिबार र सार्बजनिक बिदाका दिन समेत) बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजे सम्म निशुल्क ओ पी डी सेवा, २४ सै घण्टा ईमरजेन्सी, ल्याब, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, प्रसुती सेवा लगाएतका सरकारी नियमित सेवाहरु, स्त्री तथा प्रसुती रोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवा, बालरोग बिशेषज्ञ सेवा, मेडिसिन ग्यास्ट्रोईन्टेरोलोजी बिशेषज्ञ सेवा, आखा उपचार सेवा, फिजियोथेरापी सेवा तथा अन्य स्वास्थ्य सेवाहरु सुनसरी बराहक्षेत्र नगरपालिका, भोजपुर, उदयपुर एबम धनकुटा जिल्लाका समेत गरी दैनिक १५० देखि २०० सम्म सेवाग्राहीहरुद्वारा स्वास्थ्य सेवा लिईरहनुभएको यस स्वास्थ्य केन्द्रमा श्री नेपाल सरकार, श्री स्वास्थ्य मन्त्रालय, श्री बराहक्षेत्र नगरपालिका र प्रा स्वा के चतरा ब्यबस्थापन समितिद्वारा क्रमश: १०, १, २ र २९ जना गरि जम्मा ४२ जना स्वास्थ्यकर्मीहरु द्वारा स्वास्थ्य सेवा उपलब्ध भईरहेकोमा हालको बिश्वब्यापी कोरोना भाईरसको माहामारीमा समेत अविछिन्न रुपमा स्वास्थ्य सेवा पुर्याउदै आईरहेको र संघीय प्रादेशिक तथा स्थानीय सरकारको प्रथम प्राथामिकता पनि स्वास्थ्य क्षेत्र नै रहेको हुदा थप गुणस्तरीय सेवा नियमित रुपमा उपलब्ध गराउन निम्न स्वास्थ्य औजार उपकरण तथा निर्माण कार्यहरु आवश्यक रहेको हुदा मिति २०७८/०२/२८ गतेको ब्यबस्थापन समिति बैठकको निर्णयानुसार प्राथमिकताका आधारमा आ.ब.२०७८/०७९ मा निम्न योजनाहरु छनौट एबम कार्यान्वनका लागि सरोकारवाला निकायहरुमा पत्राचार गरिएको र सम्पूर्ण स्थानीय समाजसेबी, बुद्धिजिबी, सामाजिक अभियानता, पत्रकारहरु तथा सहयोगी महानुभाब एबम संस्थाहरुलाई सार्बजनिक रुपमा समेत योजना छनौट तथा कार्यान्वनका लागि सहयोग, समन्वय एबम पहल गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ ।

प्राथमिकीकरणका आधारमा चतरा प्राथमिक स्वास्थ्य केन्द्रको आ.ब.२०७८/०७९ का लागि योजनाहरु:

  • स्वास्थ्य औजार उपकरण बारे:
    1. प्रयोगशाला माईक्रोस्कोप: एक थान (*अ.लागत मुल्य: रु.दुई लाख रुपैया)
    2. डिजिटल एक्सरे CR मेसिन सहित: एक थान (*अ.लागत मुल्य: रु.बिस लाख रुपैया)
    3. डेन्टल उपकरणहरु: एक सेट (*अ.लागत मुल्य: रु.सात लाख रुपिया)
    4. कलर डोप्लर 3D भिडियो एक्सरे मेसिन: एक थान (*अ.लागत मुल्य: एक्काईस लाख रुपिया)
  • वार्ड (बिरामी भर्ना कक्ष) निर्माण बारे (*अ.लागत मुल्य: पच्चिस लाख रुपैया)
  • मूल भवन माथि ट्रष्ट निर्माण बारे (*अ.लागत मुल्य: पैतिश लाख रुपैया)

प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।

नोट: सम्बन्धित योजनाहरुका लागि आवश्यक ईस्टिमेट सहित वडा, नगर र प्रदेशमा समेत औपचारिक रुपमा पत्राचार गरिसकिएको व्यहोरा यसै पत्र मार्फत सम्बन्धित सबैलाई जानकारी गर्दछौँ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]