३० मंसिर २०८२, सोमबार

बिषय: स्वास्थ्य उपकरण औषधि तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु सहयोग गरिदिनुभएकोमा हार्दिक नमन ।

श्री सुमि (चाम्लिङ) लिम्बु, सामाजिक अभियानता एबम समाजसेबी, हाल यु.के. (लन्डन) ।

श्री बोधिसत्वा बिहार, बुढानिलकण्ठ, काठमान्डौ ।

प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतराको च.न.:५५२ मिति २०७८/०२/२० गतेको अनुरोध पत्रानुसार मिति २०७८/०२/२७ गते शनिबार यस स्वास्थ्य केन्द्र चतरामा सामाजिक अभियानता एबम समाजसेबी श्री सुमि (चाम्लिङ) लिम्बु ज्यू, हाल यु.के. (लन्डन) र श्री बोधिसत्वा बिहार बुढानिलकण्ठ काठमान्डौका सामाजिक अभियानता श्री सन्त शर्मा ज्यू एबम् श्री तिलक बस्नेत ज्यूहरु द्वारा स्थानीय प्रतिनिधि: समाजसेबी बुद्धिजिबी पत्रकार श्री हिमाल राई ज्यू मार्फत यसै पत्र साथ समाबेश दाखिला प्रतिबेदन अनुसारका “अक्सिजन कन्सन्ट्रेटर तीन थान, पल्स अक्सिमीटर एक थान लगायत बिभिन्न स्वास्थ्य औजार उपकरण औषधि एबम व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीहरु” सहयोग गरिदिनुभएकोमा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरा तथा यस क्षेत्रका सम्पूर्ण बासिन्दाहरुको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ ।

साथै प्राथमिक स्वास्थ्य केन्द्र चतराको तर्फबाट हाल प्राप्त स्वास्थ्य सामाग्रीहरुको सहि सदुपयोग गरिने र उपलब्ध औषधिहरु सबै लक्षित बर्गलाई निशुल्क उपलब्ध गरिने तथा यस अक्सिजन कन्सन्ट्रेटरहरुबाट सदैब निशुल्क रुपमा अक्सिजन सेवा उपलब्ध गराउने र यी उपलब्ध सम्पूर्ण उपकरणहरुको संरक्षण गर्ने प्रतिबद्ता व्यक्त गर्न चाहान्छौँ ।

पुनश्च: यी स्वास्थ्य उपकरणहरु उपलब्ध गराउनुहुने श्री सुमि (चाम्लिङ) लिम्बु, सामाजिक अभियानता एबम समाजसेबी, हाल यु.के. (लन्डन) र सामाजिक अभियानता श्री सन्त शर्मा ज्यू र श्री तिलक बस्नेत ज्यू, श्री बोधिसत्वा बिहार बुढानिलकण्ठ काठमान्डौका एबम् स्थानीय समाजसेबी पत्रकार श्री हिमाल राई ज्यू लगाएत सहयोग उपलब्ध गराउन प्रतक्ष्य अप्रतक्ष्य सहयोग गर्नुहुने शुभचिन्तक सम्पूर्ण महानुभाबहरु एबम संस्थाहरु प्रति आगामी दिनमा पनि यस्तै साथ सहयोग सल्लाह सुझाबको अपेक्षाका साथ हृदयदेखि नै हार्दिक नमन गर्दछौँ ।

………………….

बोधार्थ:

  • श्री हिमाल राई ज्यू: स्थानीय प्रतिनिधि समाजसेबी बुद्धिजिबी पत्रकार ।

संलग्न कागजपत्रहरु:

प्राप्त सम्पूर्ण स्वास्थ्य उपकरणहरु औषधिहरु तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु दाखिला गरिएको दाखिला प्रतिबेदन रिपोर्ट पाना तीन र मिति २०७८/०२/२७ गते हस्तान्तरण कार्यक्रमका दिनको उपस्थितिको माईनुटिंग पाना दुई यसै पत्र साथ समाबेश गरेको छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]