२९ पौष २०८२, मंगलबार

प.स.:२०७७/०७८, च.नं.:६३१, मिति २०७८/०३/१६

बिषय: करार सेवामा लिने बारे सूचना । सूचना जारी मिति: २०७८/०३/१६

प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७८/०३/१४ गतेको ब्यबस्थापन समितिको बैठकद्वारा यहि २०७८ असार मसान्तमा करार म्याद अबधि समाप्त भई रिक्त हुने ल्याब बिभागका निम्न पदहरुमा २०७८/०७९ का लागि सात दिने सार्बजनिक सूचना प्रकाशन गरी पदपूर्ति गर्ने निर्णयानुसार सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

  • आवश्यक कर्मचारीको पद र संख्या:
  • BMLT: एक जना,
  • ल्याब टेक्निसियन: एक जना र
  • ल्याब असिस्टेन्ट: एक जना ।
  • न्युनतम योग्यता:
  • BMLT: मान्यता प्राप्त संस्थाबाट BMLT उतिर्ण गरेको नेपाली नागरिक हुनुपर्ने र सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ,
  • ल्याब टेक्निसियन: मान्यता प्राप्त संस्थाबाट ल्याब टेक्निसियन उतिर्ण गरेको नेपाली नागरिक हुनुपर्ने र सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ,
  • ल्याब असिस्टेन्ट: मान्यता प्राप्त संस्थाबाट ल्याब असिस्टेन्ट उतिर्ण गरेको नेपाली नागरिक हुनुपर्ने र सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।
  • पेश गर्नुपर्ने कागजपत्रहरु: अन्तर्वार्ताका दिन सक्कलै कागजपत्र सहित उपस्थित हुनुपर्नेछ ।
  • नेपाली नागरिकताको प्रतिलिपि र
  • न्युनतम योग्यतामा उल्लेख भएका योग्यताको प्रमाणपत्र प्रतिलिपिहरु ।
  • आबेदन शुल्क: BMLT पदको लागि रु. एक हजार, ल्याब टेक्निसियन पदको लागि रु.पाच सय र ल्याब असिस्टेन्ट पदको लागि रु.तीन सय मात्र । यस स्वास्थ्य केन्द्रमा हाल कार्यरत वा यस अघि नियुक्त भई ल्याब विभागमा कार्यरत रहनुभएका पुर्ब कर्मचारीहरुको लागि आबेदन शुल्क लाग्ने छैन ।
  • छनौट तरिका: अन्तरबार्ता एबम प्रयोगात्मक ।
  • सेवा सुबिधा: आपसी समझदारीमा ।
  • निबेदन दर्ताको तरिका:
  • कार्यालयमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु र निबेदन स्वास्थ्य केन्द्रको प्रशासन शाखामा निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ,
  • ईमेल मार्फत: निबेदन दस्तुर यस संस्थाको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ,
  • बैंक खाता विवरण:
    1. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
    2. खाताको नाम: प्राथमिक स्वास्थ्य केन्द्र चतरा

English मा: Prathamik Swastha Kendra Chatara

  1. खाता नं: २१६०१००००४६६८००१

English मा: 2160100004668001

  • निबेदन दिने समय: मिति २०७८/०३/१६ गते देखि मिति २०७८/०३/२३ दिनको ४:०० बजे सम्म मात्र। यस स्वास्थ्य केन्द्रमा सार्बजनिक बिदामा समेत सबै सेवा सुचारु भईरहने र ईमेल मार्फत समेत आबेदन दिन सकिने हुदा सो अन्तिम दिन यदि सार्बजनिक बिदा पर्न गएमा समेत सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
  • अन्तर्बार्ताको मिति: अन्तर्बार्ताका बारेमा सम्बन्धित निवेदकहरुलाई सुचित गरिनेछ, अन्तरबार्ता सम्बन्धि सूचना कम्तिमा २ दिन (४८ घण्टा) को समय राखी प्रकशान गरिनेछ र सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) लेख्दा बिसेस बिचार गरिदिनुहुन अनुरोध छ ।
  • कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार ब्यबस्थापन समितिमा निहित रहनेछ ।

साथै माथि उल्लेखित कुनै पनि जनशक्ति (पद) हरुको लागि कुनै पनि संघ/संस्था वा व्यक्तिले जनशक्ति खर्च उपलब्ध (Sponsor) गर्न ईच्छुक हुनुभएमा स्वास्थ्य केन्द्रमा सम्पर्क गरिदिनुहुन समेत यसै सुचना मार्फत अनुरोध एबम अपिल गर्दछौ थप जानकारीका लागि प्रा स्वा के चतराको सुचना पार्टी वा प्रशासन शाखा वा सूचना अधिकारी ९८५२०२६२८४ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ

……………………

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
  • श्री १ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
  • श्री २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]