बिषय: आ.ब. २०७८/०७९ का लागि औषधि आपूर्ति सम्बन्धि सूचना ।
सूचना प्रकाशन मिति: २०७८/०३/१६
उपरोक्त सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७८/०३/१४ गतेको ब्यबस्थापन समिति र मिति २०७८/०३/१६ गतेको फार्मेसी उपसमितिको निर्णयानुसार निम्न सर्तहरु पालना हुने गरि यस स्वास्थ्य केन्द्रको फार्मेसी संचालनार्थ आ. ब. ०७८/०७९ का लागि आवश्यक सम्पूर्ण औषधिहरु आपूर्ति गर्न ईच्छुक सम्पूर्ण औषधि वितरकहरुका लागि यो २१ (एक्काईस) दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।
शर्तहरु:-
- औषधिको किसिम र प्रकार: स्वास्थ्य केन्द्रबाट आवश्यकता अनुरुप माग भए बमोजिमका सम्पूर्ण किसिमका औषधिहरु आपूर्ति गर्नुपर्नेछ ।
- औषधिको शुल्क: हरेक औषधिहरुमा रहेको M.R.P. मा कम्तिमा १३.७% (तेह्र दशमलप सात प्रतिशत) छुट दिनु पर्नेछ भने सोहि औषधिमा सम्बन्धित कम्पनिद्वारा नियमानुसार प्रदान गरिने सबै बोनस औषधिहरु बिलमा नै उल्लेख गरि उपलब्ध गराउनु पर्नेछ । यसरि उपलब्ध गराउनुपर्ने बोनस औषधिहरु नियमानुसार उपलब्ध नगरिएमा आपुर्तिकर्तालाई भुक्तानी दिनुपर्ने बाँकि रकम दिन स्वास्थ्य केन्द्र बाध्य हुनेछैन र ब्यबस्थापन समितिको निर्णयानुसार थप जरिवाना समेत गरिनेछ । निबेदनमा आपूर्तिकर्ताले MRP मा उपलब्ध गराउने छुट प्रतिशत उल्लेख गर्नु पर्नेछ ।
- औषधि ढुवानी: आपतकालीन अवस्था बाहेक नियमित रुपमा कम्तिमा हप्तामा एक पटक स्वास्थ्य केन्द्रबाट माग गरिए अनुरुपका औषधिहरु स्वास्थ्य केन्द्र सम्म निशुल्क रुपमा ढुवानी गरिदिनुपर्नेछ । स्वास्थ्य केन्द्रमा आवश्यक औषधि अभाब नहुने गरी आवश्यकता अनुरुप आपूर्तिको व्यवस्था गरिदिनुपर्नेछ । आपुर्तिकर्ताले समयमै औषधि ढुवानी नगरिदिनाले सेवा प्रभावित भएमा समितिको निर्णयानुसार आपूर्तिकर्तालाई जरिवाना गरिनेछ ।
- भुक्तानीको बिषय:
- स्वास्थ्य केन्द्र संग सुरु पुंजी (capital amount) नभएको हुँदा, आपूर्तिकर्तालाई फार्मेसीबाट हुदै जाने आम्दानिबाट भुक्तानी दिदै गईनेछ । स्वास्थ्य केन्द्रले लिनु पर्ने पुरा भुक्तानिहरु समयमै पूर्ण भुक्तानी प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाकि रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
- भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
- आपूर्तिकर्ताले आफुले भुक्तानीका लागि स्वास्थ्य केन्द्रलाई दिने न्यूनतम समयाबधि निबेदनमा उल्लेख गर्नुपर्नेछ ।
- आवश्यक कागजपत्रहरु: कार्यालयमा निबेदन दस्तुर बुझाए पश्चात दिईने निवेदन फारम पूर्ण रुपमा भरेर निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र नियमानुसार करचुक्ता गरेको वा म्याद थपको पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । निवेदकले हालसम्म कुनै सरकारी संस्थामा आवश्यक औषधि आपूर्तिको अनुभब भएमा सो अनुभबको कागजपत्र समेत पेश गर्नुहुन अनुरोध छ, अनुभबी निवेदकलाई प्राथमिकता दिईनेछ । साथै निबेदनामा निवेदकको मुख्य कार्यालय रहेको स्थान सम्म यस स्वास्थ्य केन्द्र बिचको सडक दुरी समेत निबेदनमा खुलाउनुपर्नेछ, सबै भन्दा नजिकको निवेदकलाई प्राथमिकता दिईनेछ । निवेदकले आफुले उपलब्ध गराउन सक्ने औषधिहरुको विवरण पनि निबेदनामा उल्लेख गर्नुपर्नेछ । आवश्यकता अनुरुप ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु उपलब्ध गराउनुपर्नेछ ।
- निबेदन दर्ताको तरिका र अन्तिम समय:
- कार्यालयमा आएर: ईच्छुक आपुर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन स्वास्थ्य केन्द्रको प्रशासन शाखामा निबेदन दस्तुर रु.२,०००/- (दुई हजार रुपैया, फिर्ता नहुने गरि) कार्यालयको बिल काउन्टरमा बुझाएको रसिद सहित निबेदन दर्ता गराउनु पर्नेछ ।
- ईमेल मार्फत: ईच्छुक आपुर्तिकर्ताले निबेदन दस्तुर तिरेको रसिदको प्रतिलिपि email मा पठाउनु भए पश्चात निजलाई निबेदन फारम ईमेल मार्फत नै उपलब्ध गरिनेछ, पूर्ण रुपमा भरेको सो निबेदन फारम र आवश्यक कागजपत्रहरुको scan copy र निबेदन शुल्क यस स्वास्थ्य केन्द्रको बैक खातामा esewa वा IPS वा mobile banking मार्फत निबेदन दस्तुर रु.२,०००/- (दुई हजार रुपैया, फिर्ता नहुने गरि) तिरेको रसिदको scan copy सहित स्वास्थ्य केन्द्रको इमेल chataraphc@gmail.com मा निबेदन पेश गर्न सकिनेछ । इमेल मार्फत पठाईएको निबेदनको दर्ता न. इमेल बाटै उपलब्ध गराईनेछ । कार्यालय खुल्ने समयमा फोन गरि समेत जानकारी लिन सकिनेछ ।
- निबेदन दिने मिति २०७८/०३/१६ गते बुधबार देखि मिति २०७८/०४/०६ गते दिनको ४:०० बजे, सो मिति भन्दा पछाडिका कुनै पनि निबेदन लिइनेछैन । यस स्वास्थ्य केन्द्र सार्बजनिक बिदाका दिनमा समेत खुला रहने र ईमेल मार्फत समेत आबेदन दिन मिल्ने ब्यबस्था गरिएकाले निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परेमा पनि सोहि दिन नै निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
- बैंक खाता विवरण:
- बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी
- खाताको नाम: प्राथमिक स्वास्थ्य केन्द्र चतरा English मा: Prathamik Swastha Kendra Chatara
- खाता न.: २१६०१००००४६६८००१ English मा: 2160100004668001
- औषधि आपूर्तिकर्ताले स्वास्थ्य केन्द्रद्वारा माग भए अनुरुप कुनै औषधि उपलब्ध गराउन नसके जुनसुकै समयमा स्वास्थ्य केन्द्रले अन्य जुनसुकै संस्थासंग पनि खरिद गर्न सक्नेछ । यसरि खरिद गर्दा माथि बुदा नं २ मा आपूर्तिकर्ताले कबोल गरेको छुट प्रतिशत भन्दा बढी पर्न गएमा सो बढी पर्न जाने कुल रकम र सो औषधि खरिद गर्दा भएको ढुवानी तथा नियमानुसारको भ्रमण आदेश अनुसारको सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी दिन बाकी रकमबाट जरिवाना स्वरूप कट्टी गरी भुक्तानी गरिनेछ ।
- ईच्छुक आपुर्तिकर्ताले आफ्ना थप केहि प्रस्ताबहरु भए टेन्डर/निबेदन मै उल्लेख गरि प्रस्ताब गर्न सकिनेछ ।
- आपुर्तिकर्ताको निबेदनमा माथि उल्लेखित बुदा नं:१,२,३,४,५ लगायतका सबै बिषयहरु अध्ययन गरी सहज एबम नियमित रुपमा आपूर्ति गर्न सक्ने आधार अनुसार आपूर्तिकर्ता छनौट गरिनेछ । बुदा नं:२ लाई मात्रै छनौटको आधार मनिनेछैन । छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिमा निहित रहनेछ । आपूर्तिकर्ता छनौट सम्बन्धि थप सूचना पछि प्रकाशन गरिनेछ ।
थप जानकारीका लागि स्वास्थ्य केन्द्रको सूचना अधिकारी श्री योगेन्द्र कट्टेल ९८५२०२६२८४, सूचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा chataraphc@gmail.com वा website:chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
- श्री बराहक्षेत्र नगरपालिका: बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी र website मा यो सूचना राखिदिनुहुन अनुरोध छ ।
- श्री १ र २ नं वडा कार्यालय: सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन अनुरोध छ ।


