प.सं:२०७७/०७८,च.नं:६४९, मिति:२०७८/०३/२२
बिषय: अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिदिनुभएकोमा हार्दिक नमन ।
श्री गैरआवासीय नेपाली संघ, काठमान्डौ ।
प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतराको च.न.:६२२ मिति २०७८/०३/१३ गतेको अनुरोध पत्रानुसार हालको बिश्वब्यापी माहामारीको समयमा अति आवश्यक स्वास्थ्य उपकरण अक्सिजन कन्सन्ट्रेटर दुई थान मिति २०७८/०३/२२ गते मंगलबार सौजन्य स्वरूप उपलब्ध गरिदिनुहुने श्री गैरआबासीय नेपाली संघ, काठमाण्डौ र हालको देशको बिभिन्न भागमा भईरहेको बाढी पहिरो एबम यातायातमा अति असहज परिस्थितिमा पनि उक्त सामाग्रीहरु काठमाण्डौ देखि बराहक्षेत्र न पा: २, चतरा स्वास्थ्य केन्द्रसम्ममा नै निशुल्क रुपमा सुरक्षित रुपमा उक्त सामाग्री ढुवानी गरि सहयोग गरिदिनुहुने श्री सुनसरी मोरंग सेवा समाज, बिराटनगर प्रति प्राथमिक स्वास्थ्य केन्द्र चतरा परिवार हार्दिक आभार व्यक्त गर्दछौँ । साथै प्राथमिक स्वास्थ्य केन्द्र चतराको तर्फबाट हाल प्राप्त स्वास्थ्य सामाग्रीहरुको सहि सदुपयोग गरिने र यी अक्सिजन कन्सन्ट्रेटरहरुबाट सदैब निशुल्क रुपमा अक्सिजन सेवा उपलब्ध गराउने र यी उपलब्ध सम्पूर्ण उपकरणहरुको संरक्षण गर्ने प्रतिबद्ता व्यक्त गर्न चाहान्छौँ ।
यी स्वास्थ्य उपकरणहरु उपलब्ध गराउनुहुन विशेष समन्वयकारी एबम सकारात्मक पहल गरिदिनुहुने श्री मोरंग सुनसरी सेवा समाजका पुर्ब अध्यक्ष एबम बर्तमान सल्लाहकार श्री रामनाथ भण्डारी ज्यू, श्री मोरंग सुनसरी कतारका पुर्ब अध्यक्ष तथा गैरआबासीय नेपाली संघ कतारका पुर्बसचिब श्री टेकनाथ बराल ज्यू, श्री मोरंग सुनसरी नेपालका उपाध्यक्ष श्री सेरु कार्की ज्यू, श्री गैरआबासीय नेपाली संघका अभियानता श्री बिनोद भट्टराई ज्यू, श्री मोरंग सुनसरी कतारका पुर्बकोषाध्यक्ष श्री सोम बान्तवा राई ज्यू, स्थानीय समाजसेबी श्री सुबास गौतम नेपाली ज्यू लगाएत सहयोग उपलब्ध गराउन प्रतक्ष्य अप्रतक्ष्य सहयोग गर्नुहुने शुभचिन्तक सम्पूर्ण महानुभाबहरु एबम संस्थाहरु प्रति आगामी दिनमा पनि यस्तै साथ सहयोग सल्लाह सुझाबको अपेक्षाका साथ हृदयदेखि नै हार्दिक नमन गर्दछौँ ।
प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।
संलग्न कागजपत्रहरु:
प्राप्त सम्पूर्ण स्वास्थ्य उपकरणहरु दाखिला गरिएको दाखिला प्रतिबेदन रिपोर्ट पाना एक र
सामाग्री हस्तान्तरण कार्यक्रमका तस्बिरहरु यसै पत्र साथ समाबेश गरेको छ ।