२८ आषाढ २०८२, शनिबार

बिषय: स्टाफ क्यान्टिन संचालन बारे सूचना । प्रथम पटक सूचना प्रकाशन: मिति २०७८/०३/१६

दोश्रो पटक सूचना प्रकाशन: मिति २०७८/०३/२४

प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रको परिसरमा रहेको भवनमा स्टाफ क्यान्टिन संचालन गर्न स्टाफ क्यान्टिन संचालक छनौट गर्नका लागि स्वास्थ्य केन्द्रको च.नं:६३०, मिति २०७८/०३/१६ गते को सूचना अनुसार तोकिएको समयमा एक मात्र आबेदन परेको र हाल कोरोना भाईरसको माहामारीको स्थितिलाई समेत मध्यनजर गर्दै यस कार्यालयको निर्णयानुसार निबेदन दिने अन्तिम समय मिति २०७८/०३/३० गते बुधबारका दिन दिनको १:०० बजेसम्म थप गरिएको व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । तत्पश्चात यस बिषयमा समय थप नगरिने व्यहोरा समेत यसै सूचना मार्फत सम्बन्धित सबैलाई जानकारी गरिन्छ ।

साथै सम्बन्धित निवेदकहरु सबैजनालाई मिति २०७८/०३/३० गते दिनको २:०० बजे स्वास्थ्य केन्द्रमा सम्बन्धित निबेदनहरुको बारेमा छलफल गरी सोहि दिन छनौट गरिने भएको हुदा सम्बन्धित सबै निबेदकहरुलाई यसै सूचना मार्फत उक्त दिन उपस्थितका लागि अनुरोध छ । निवेदकहरु सो दिन उपस्थित नभएमा पनि सोहि दिन छनौट प्रकिया अघि बढाईनेछ ।

थप जानकारीका लागि स्वास्थ्य केन्द्रको सूचना अधिकारी श्री योगेन्द्र कट्टेल ९८५२०२६२८४, सूचना पार्टी वा प्रशासन शाखा वा https://www.facebook.com/chataraphc वा chataraphc@gmail.com वा website:chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]