२९ पौष २०८२, मंगलबार

बिषय: हार्दिक अपिल ।

प्रस्तुत सम्बन्धमा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा मिति २०७८/०४/०४ गते रातिको अन्दाजी १०:३० बजे ईमर्जेन्सीमा अन्दाजी १५ दिन देखि दिशा नभएर दिशा हुने औषधि लगाउन ल्याईनुभएकि बराहक्षेत्र २ निबासी बर्ष ७१ कि महिला सेवाग्राहीको तत्कालै सहज रुपमा सफल उपचार भई रहदाको अवस्थामा     मार्दक पदार्थ सेवन गरेर निजको छोरा तथा निजका दुई जना नातिहरु गरी जम्मा तीन जना द्वारा डिउटिमा रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु माथि अभद्र, अपमानजनक ब्यबहार गरेको, अश्लिल शब्द प्रयोग गरेको, भिड जम्मा गरी जे पनि गर्ने भनि धम्कि दिएको, महिला स्वास्थ्यकर्मीहरुलाई मानसिक रुपमा समेत त्रसित गरिएको र हातपात गर्ने प्रयास गरेको अवस्थामा तत्काल ईलाका प्रहरी कार्यालय चतरालाई खबर गरी शान्ति सुरक्षाका लागि अनुरोध भई तत्काल प्रहरीको उपस्थित भएर स्थिति सामान्य भएको अन्यथा जुनसुकै पनि अप्रिय घटना हुन सक्ने स्थितिलाई समेत मध्य नजर गरि मिति २०७८/०४/०५ गते दिनको १२:०० बजे श्री ईलाका प्रहरी कार्यालयमा छलफलका लागि सम्बन्धित डिउटीका कर्मचारी समिति सल्लाहकार स्थानीय बुद्धिजिबी लगाएत सबै सरोकारवाला महानुभाबहरुको उपस्थितिमा भएको छलफलमा समेत निज त्रय बाट उल्टै निजहरुले गरेको ब्यबहार ठिक नै रहेको भनि सामान्य आत्मालोचना समेत नभएको पाईएकाले मिति २०७८/०४/०५ गते बेलुकी ५:०० बजे प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समिति र सल्लाहकार समितिद्वारा नियमानुसारको कारबाही प्रक्रियाका लागि निबेदन दिने निर्णय भई प्रकियाका लागि अघि बढेको अवस्थामा स्वास्थ्य संस्था एबम स्वास्थ्य कर्मीहरुमाथि हुन सक्ने सम्भावित अप्रिय अनपेक्षित शारीरिक एबम मानसिक हानि नोक्सानी समेत लाई मध्य नजर गर्दा श्री ईलाका प्रहरी कार्यालय चतरा र श्री ससस्त्र प्रहरी बेस क्याम्प चतरालाई आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि अनुरोध गर्ने समितिको निर्णयानुसार अनुरोध भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गर्दै हालको बिश्वब्यापी कोरोना भाईरसको महामारीमा समेत निरन्तर आफ्नो कर्तब्य निर्बाह गर्नुहुने स्वास्थ्यकर्मीहरु प्रति भएको यस्ता घटनाहरुको कोहि कसैले पनि अनावश्यक संरक्षण नगरी स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।

पुनश्च रातिको समय त्यै माथि अत्याधिक झरी परिरहेको अवस्थामा पनि तत्कालै उपस्थित भई सुरक्षा प्रदान गर्नुहुने सुरक्षाकर्मी मित्रहरु एबम सुरक्षा निकाय, ब्यबस्थापन समिति सल्लाहकार समिति स्थानीय समाजसेबी बुद्धिजिबी महानुभाब सम्पूर्ण प्रति बिसेस आभार व्यक्त गर्दछौं ।

प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]