०४ साउन २०८२, शनिबार

बिषय: बिज्ञप्ति ।

प्रस्तुत सम्बन्धमा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा मिति २०७८/०४/०४ गते रातिको अन्दाजी १०:३० बजे ईमर्जेन्सीमा अन्दाजी १५ दिन देखि दिशा नभएर दिशा हुने औषधि लगाउन ल्याईनुभएकि बराहक्षेत्र २ निबासी बर्ष ७१ कि महिला सेवाग्राहीको तत्कालै सहज रुपमा सफल उपचार भई रहदाको अवस्थामा     मार्दक पदार्थ सेवन गरेर निजको छोरा तथा निजका दुई जना नातिहरु गरी जम्मा तीन जना द्वारा भएको अमर्यादित घटनाको तत्काल ईलाका प्रहरी कार्यालय चतरालाई खबर गरी शान्ति सुरक्षाका लागि अनुरोध भई तत्काल प्रहरीको उपस्थित भएर स्थिति सामान्य भएको अवस्थालाई मिति २०७८/०४/०५ गते दिनको १२:०० बजे श्री ईलाका प्रहरी कार्यालयमा छलफलका लागि सम्बन्धित डिउटीका कर्मचारी समिति सल्लाहकार स्थानीय बुद्धिजिबी लगाएत सबै सरोकारवाला महानुभाबहरुको उपस्थितिमा भएको छलफलमा समेत निज त्रय बाट उल्टै निजहरुले गरेको ब्यबहार ठिक नै रहेको भनि सामान्य आत्मालोचना समेत नभएको पाईएकाले मिति २०७८/०४/०५ गते बेलुकी ५:०० बजे प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समिति र सल्लाहकार समितिद्वारा नियमानुसारको कारबाही प्रक्रियाका लागि निबेदन दिने निर्णय भई प्रकियाका लागि अघि बढेको अवस्थामा मिति २०७८/०४/०६ गते पुन: श्री ईलाका प्रहरी कार्यालय चतरामा सर्बपक्षीय छलफल भेलामा सम्बन्धित त्रय द्वारा आफुहरुको ब्यबहार एबम कार्य गलत रहेको, आईन्दादेखि यस्ता क्रियाकलाप नगर्ने, कुनै किसिमको आग्रह पूर्वाग्रह नराख्ने, स्वास्थ्य केन्द्रका कर्मचारी समिति सल्लाहकार समिति लगाएत सबन्धित सबैलाई कुनै किसिमको डर धम्कि त्रास नदिने/नदिलाउने अन्यथा कानुन बमोजिम सजायको भागीदार हुने र आगामी दिनहरुमा स्वास्थ्य केन्द्रलाई आफ्नो तर्फबाट समेत रचनात्मक सहयोग गर्ने भनि सबैको अगाडी आत्मालोचना सहित स्थानीय समाजसेबी बुद्धिजिबीहरुको रोहबरमा यस स्वास्थ्य केन्द्र ब्यबस्थापन समिति, सल्लाहकार समिति र कर्मचारीहरुको तर्फबाट एक पटकलाई माफी दिन सहमत भई लिखित कागज गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो बिज्ञप्ति जारी गरिएको छ ।

यस घटनाक्रममा तत्कालै उपस्थित भई सुरक्षाको प्रत्याभुती गरिदिनुहुने सुरक्षा निकाय एबम अभिभाबकीय भूमिका निर्बाह गर्नुहुने ब्यबस्थापन समिति र सल्लाहकार समिति लगायत साथ सहयोग सल्लाह सुझाब दिनुहुने सम्पूर्ण महानुभाबहरु प्रति प्राथमिक स्वास्थ्य केन्द्र चतरा हार्दिक आभार व्यक्त गर्दछ ।

साथै यसै बिज्ञप्ति मार्फत स्वास्थ्य केन्द्र एबम यसका सेवाहरुका बारेमा कुनै सुझाब एबम गुनासो भएमा तत्काल कार्यालयमा प्रमुख वा ब्यबस्थापन समिति वा सल्लाहकार समिति समक्ष सिधै सम्पर्क गरी राखिदिनुहुन अनुरोध छ, त्यसै प्रयोजनका लागि सम्बन्धितहरुसंग सम्पर्क गर्न सहजताका लागि हरेक ओ पी डी पुर्जामा सम्बन्धित महानुभाबहरुको सम्पर्क नं समेत राखिएको व्यहोरा समेत पुन: जानकारी गरिन्छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]