१० आश्विन २०८३, शनिबार

बिषय: नियुक्तिका लागि निबेदन माग बारे ।

प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रमा हाल सेवाग्राहीको संख्या अत्याधिक बढेको र ल्याब विभागमा जम्मा दुई जना मात्रै कर्मचारी कार्यरत रहनुभएको हुदा प,सं.:२०७७/०७८, च.नं: ६३१, मिति २०७८/०३/१६ गतेको सूचना अनुसार मिति २०७८/०३/२६ गते भएको लिखित, प्रयोगात्मक एबम अन्तर्वार्ता परीक्षाको च.नं:६६०, मिति २०७८/०३/२६ गते प्रकाशित नतिजा अनुसार प्रतिक्षारथ सुचिमा रहनुभएका ल्याब असिस्टेन्ट पद मध्य योग्यताक्रम अनुसार एक जना कर्मचारी थप गर्नुपर्ने भएको हुदा यस कार्यालयको मिति २०७८/०४/०७ गतेको निर्णयानुसार मिति २०७८/०४/१० गते आईतबारका दिन दिनको १:०० बजे सम्म नियुक्तिका लागि निवेदक स्वम कार्यालयमा उपस्थित भई लिखित निबेदन दिनुहुन अनुरोध छ ।

प्रतिक्षारथ दुवै निवेदकहरुबाट निबेदन प्राप्त भएमा पहिलो प्रतिक्षारथ लाई नियुति गरिनेछ, पहिलो प्रतिक्षारथले निबेदन नदिनुभएमा दोश्रो प्रतिक्षारथ लाई नियुक्ति गरिनेछ र दुवै प्रतिक्षारथहरुले निबेदन नदिनुभएमा नया प्रक्रिया अघि बढाईनेछ । निर्धारित समय पछी कुनै दाबि बिरोध मान्य हुनेछैन ।

नतिजा:

ल्याब असिस्टेन्टको नतिजा
क्र.सं. नाम थर पद दर्ता नं नतिजा कै
१ पुष्पा शाह पण्डित ल्याब असिस्टेन्ट २२३ पहिलो प्रतिक्षारथ  
२ रितिक्षा मगर ल्याब असिस्टेन्ट २२२  दोश्रो प्रतिक्षारथ  

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]