२० बैशाख २०८३, आइतबार

बिषय: औषधि आपूर्तिकर्ता छनौट एबम

दाबि बिरोध बारे ।

प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७८/०३/१४ गते को प्रस्ताब एबम निर्णय नं ६ अनुसार यस स्वास्थ्य केन्द्रमा आर्थिक बर्ष २०७८/०७९ का लागि आवश्यक सम्पूर्ण औषधि आपूर्तिका लागि टेन्डर सूचना २१ (एक्काईस) दिनको म्याद राखी सूचना प्रकाशन गरी छनौट प्रक्रिया अघि बढाउने निर्णय भई टेन्डर छनौटका लागि अन्य सम्पूर्ण व्यवस्था, प्रक्रिया, छनौट तरिका लगाएतको निर्णयाधिकार “फार्मेसी उपसमिति” लाई दिने निर्णय भएकाले फार्मेसी उपसमितिको मिति २०७८/०३/१६ को निर्णयानुसार सो औषधि आपूर्तिका लागि टेन्डर सूचना मिति २०७८/०३/१६ गते च.नं: ६३३ मा प्रकाशन भएकोमा प्राप्त निबेदन हरु उपर अध्ययन छलफल गर्दा औषधिमा कबोल गरेको छुट प्रतिशत रकम, उपलब्ध गराउने औषधिका किसिम, औषधि आपूर्तिको अनुभब एबम कारोबार, स्वास्थ्य केन्द्रलाई उपलब्ध गरिएको भुक्तानीको समय, ढुवानीको सुबिधा लगाएतका आधारहरुमा तुलनात्मक तालिका अनुसार यस स्वास्थ्य केन्द्रमा आर्थिक बर्ष २०७८/०७९ का लागि आवश्यक सम्पूर्ण किसिमका औषधि एबम सर्जिकल सामाग्रीहरु आपूर्तिका लागि श्री न्यु संगीता मेडिकल हल, चक्रघट्टी, बराहक्षेत्र:६ सुनसरीलाई छनौट गर्ने निर्णय भएअनुसार सात दिनको (मिति: २०७८/०४/२० गते दिनको १:०० बजेसम्ममा) दाबि बिरोधको यो सार्बजनिक सूचना सम्बन्धित सबैको लागि प्रकाशन गरिएको छ । तोकिएको समयमा पश्चात कुनै दाबि बिरोध मान्य हुने छैन । दाबि बिरोधको समय पश्चात छनौट हुने संस्थालाई सम्झौताको लागि सूचना प्रकाशन गरिनेछ ।

औषधि आपूर्तिका लागि छनौट भएको संस्था:

  • श्री न्यु संगीता मेडिकल हल

चक्रघट्टी, बराहक्षेत्र:६, सुनसरी

(दर्ता नं २/२०७८-०७९) ।

बोधार्थ:

  • श्री १ नं र २ नं वडा कार्यालय, बराहक्षेत्र नगरपालिका, सुनसरी ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]