बिषय: स्वास्थ्य बिमितहरुलाई स्वास्थ्य उपचार पुर्जी बुझाउने सम्बन्धि अत्यन्त जरुरी सूचना ।
प्रस्तुत सम्बन्धमा श्री स्वास्थ्य बिमा बोर्डद्वारा जारी गरिएको नया व्यवस्था अनुरुप स्वास्थ्य बिमितहरुद्वारा लिईएको स्वास्थ्य सेवाको दाबि दैनिक रुपमा गर्नुपर्ने र अधिकतम सात दिन भित्र गरिसक्नुपर्ने तत्पश्चात सोको दाबि (Claim) नै नहुने गरी सफ्टवेर सिस्टम कार्यान्वन भईसकेको अवस्थामा स्वास्थ्य संस्थाले सेवाग्राहीहरुले लिनुभएको सेवाको कुनै पनि शोधभर्ना (दाबि भुक्तानी) नपाउने हुदा स्वास्थ्य बिमित सेवाग्राहीहरु यस बिषयमा अत्यन्त सम्बेदनशील भईदिनुहुन र स्वास्थ्य उपचार (OPD तथा Emergency) पुर्जीहरु स्वास्थ्य सेवा लिईसकेपछि तत्कालै स्वास्थ्य केन्द्रमा बुझाई आफ्नो स्वास्थ्य बिमा कार्ड फिर्ता लैजानुहुन हार्दिक अनुरोध छ।
स्वास्थ्य सेवा लिईसकेको तीन दिन देखि छैठौं दिन सम्ममा स्वास्थ्य उपचार पुर्जी लिएर आएमा दुई सय रुपैया बिलम्भ शुल्क र सातौं दिन वा सो भन्दा पनि ढिला आएमा/ल्याएमा पाँच सय रुपैया जरिवाना शुल्क वा निजले स्वास्थ्य केन्द्रमा लिएको स्वास्थ्य सेवा शुल्क जुन अधिक हुन आउछ त्यति नै रुपैया जरिवाना शुल्क लिने कार्यालयको निर्णय अनुसार सम्बन्धित सबैमा स्वास्थ्य सेवा लिए पश्चात यथासक्य छिटो उपचार पुर्जी बुझाएर आफ्नो बिमा कार्ड लैजानुहुन पुन: हार्दिक अपिल गर्दछौं ।
बोधार्थ:
श्री १ नं र २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।