०३ बैशाख २०८३, बिहिबार

बिषय: OJT बिद्यार्थीहरुलाई कक्षा संचालन गर्ने सुबर्ण अवसर बारे ।

प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रमा बिभिन्न कलेजबाट बिभिन्न विभागमा OJT (On-The-Job-Training) मा आउनुहुने बिद्यार्थीहरुको शैक्षिक स्तर एबम प्रयोगात्मक शिक्षा तथा ज्ञान अभिवृद्धि गर्नका लागि एक जना प्रशिक्षकलाई कम्तिमा पनि दुई घण्टाको औपचारिक कक्षा (लिखित/प्रयोगात्मक) संचालन गरेमा सोका लागि समबन्धित तहको एक जना बिद्यार्थीको एक महिनाको मासिक शुल्कको आधा रकम बराबरको रकम भुक्तानी गर्ने कार्यालयको निर्णयानुसार सम्बन्धित कक्षा संचालन गर्दा कक्षा संचालनमा लिईने/पढाईने बिषयहरु उल्लेख गरीएको प्रशिक्षकको निबेदनमा कार्यालय प्रमुख वा ब्यबस्थापकको पुर्ब सहमति लिएर उपस्थित बिद्यार्थीहरुको हाजिरी विवरण बुझाए पश्चात मात्र भुक्तानी दिईने हुदा शैक्षिक वृद्धिबिकासमा सबैले हातेमालो गरि अघि बढ्न अनुरोध छ । यद्यपी यसरी कक्षा संचालन गर्दा दिईने भुक्तानी रकम सम्बन्धित समयका OJT बिद्यार्थीहरुसंग लिईने कुल शुल्क रकम भन्दा बढी नहुने गरी कक्षा संचालन गर्नुपर्ने गरी व्यवस्था गरिनेछ ।

बोधार्थ:

  • श्री लेखा तथा प्रशासन शाखा: कक्षा संचालन सम्बन्धित व्यवस्था मिलाईदिनुहुन र आर्थिक सुविधाका लागि व्यवस्था मिलाउनुहुन अनुरोध छ ।
  • सम्पूर्ण कर्मचारीहरु: आफुले जानेका सिकेका ज्ञान/सिप/अनुभब शिक्षा OJT बिधार्थीहरुलाई दिन/सिकाउन तयारी गरी निबेदन दिनुहुन अनुरोध छ ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]