बिषय: स्वास्थ्य उपचार पुर्जी बुझाउने सम्बन्धि सूचना गरिदिनुहुन बारेमा ।
प्रस्तुत सम्बन्धमा स्वास्थ्य केन्द्रको ब्यबस्थापन समितिको मिति २०७८/०५/१६ गतेको ब्यबस्थापन समितिद्वारा श्री स्वास्थ्य बिमा बोर्डद्वारा जारी गरिएको नया व्यवस्था अनुरुप स्वास्थ्य बिमितहरुद्वारा लिईएको स्वास्थ्य सेवाको दैनिक रुपमा दाबि गर्नुपर्ने र अधिकतम सात दिन भित्र गरिसक्नुपर्ने अन्यथा त्यसको दाबि (Claim) नै नहुने गरी सफ्टवेर सिस्टम बनेको हुदा स्वास्थ्य बिमित सेवाग्राहीहरुलाई स्वास्थ्य उपचार पुर्जी (OPD तथा Emergency) हरु स्वास्थ्य सेवा लिंदा कै दिनमा वा अधिकतम तीन दिन सम्ममा स्वास्थ्य केन्द्रमा बुझाई आफ्नो स्वास्थ्य बिमा कार्ड फिर्ता लैजान अनुरोध गर्ने र त्यसरी तीन दिन पश्चात छैठौं दिन सम्ममा स्वास्थ्य उपचार पुर्जी लिई आएमा दुई सय रुपैया बिलम्भ शुल्क र सातौं दिन वा सो भन्दा पनि ढिला आएमा/ल्याएमा पाँच सय रुपैया वा निजले लिएको स्वास्थ्य सेवा शुल्क जुन अधिक हुन्छ त्यति नै रुपैया जरिवाना लाग्ने कार्यालयको निर्णय सर्बसम्मत रुपमा अनुमोदन गर्ने निर्णय गरेको जानकारी गरिन्छ ।
साथै मिति २०७८/०५/१६ गते सम्ममा बिबिध कारणले स्वास्थ्य केन्द्रमा सेवा लिई बिमा कार्ड छोडी पुर्जी फिर्ता गर्न नआएर बिमा कार्ड रहेको जम्मा १४५ जना सेवाग्राहीहरुलाई एक पटकका लागि यहि २०७८ भदौ मसान्त सम्ममा रु. एक सय जरिवाना लिई बिमा कार्ड फिर्ता दिने र भदौ मसान्त सम्ममा पनि लिन नआउनु भएमा कार्यालयको मिति २०७८/०४/२९ गतेकै पत्रानुसारको जरीवाना लाग्ने निर्णय भएको हुँदा सो १४५ जनाको नामावाली सहित ताहा वडा कार्यालयद्वारा जनप्रतिनिधि एबम त्यहाँ आउनुहुने सेवाग्राहीहरु मार्फत निजहरुलाई जानकारी गरिदिनुहुन एबम समन्वय गरिदिनुहुन अनुरोध छ । यद्यपी मिति २०७८/०५/१६ गते देखि का नया सेवाग्राहीहरुले स्वास्थ्य पुर्जी फिर्ता दिई आफ्नो बिमा कार्ड नलागेमा कार्यालयको प.स.२०७८/०७९ च.नं:३५ मिति २०७८/०४/२९ को निर्णयानुसार को बिलम्भ तथा जरिवाना शुल्क लिने निर्णय समेत अनुरोध छ ।
संलग्न सुची:
मिति २०७८/०४/०१ भन्दा अगाडिका एक सय जना र मिति २०७८/०४/०१ देखि २०७८/०५/१६ गते सम्मका स्वास्थ्य बिमा कार्ड स्वास्थ्य केन्द्रमा छोड्ने सेवाग्राहीहरु जम्मा १४५ जनाको नाम ठेगाना र बिमा कार्ड नं सहितको सुची ।
बोधार्थ:
श्री १ नं र २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।