बिषय: ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि निबेदन माग बारे ।
प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रको मिति २०७८/०५/१६ गतेको ब्यबस्थापन समितिको बैठक द्वारा ल्याब विभागमा सेवाग्राहीको बढ्दो चाप र ल्याब बिभाग पनि २४ सै घण्टा संचालन गर्नुपर्ने अति आवश्यक भएकाले ल्याब विभागमा जम्मा तीन जना मात्र (समिति तर्फ) कर्मचारीद्वारा संचालन हुन अति नै कठिन भईरहेको हुँदा थप एक जना कर्मचारी आवश्यक भएको हुँदा यस कार्यालयको प.सं:२०७७/०७८, च.नं:६६०, मिति २०७८/०३/२६ को पत्रमा प्रकाशित नतिजाको सुचना अनुसार ल्याब असिस्टेन्ट पदमा प्रतिक्षारथ रहनुहुनेहरुसंग नियुक्तिका लागि निबेदन माग गर्ने निर्णयानुसार मिति २०७८/०५/२५ गते दिनको १:०० बजे सम्म कार्यालयमा निवेदक स्वम उपस्थित भई लिखित रुपमा निबेदन दिनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।