२९ पौष २०८२, मंगलबार

बिषय: अ.हे.ब. को नतिजा प्रकशान बारे ।

प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतरा ब्यबस्थापन समितिको मिति २०७८/०५/१६ गतेको निर्णयानुसार च.नं:६६, मिति २०७८/०५/१८ गते प्रकाशित सूचना अनुसार मिति २०७८/०६/०२ गते भएको लिखित, प्रयोगात्मक र अन्तरबार्ता गरी जम्मा १०० अंकको परिक्षा संचालन गरी निजहरुको जम्मा प्राप्तांकका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएको हुदा सम्बन्धित सबैको लागि यो नतिजा प्रकाशन गरिएको छ । कर्मचारी छनौट समितिद्वारा निम्नानुसार रहने गरी परिक्षा संचालन एबम मुल्यांकन गरि सिफारिस गरेको जानकारी गरिन्छ ।

निम्न:

  • अ.हे.ब. को यस परिक्षामा लिखित ६० अंक, प्रयोगात्मक २० अंक र अन्तरबार्ता २० अंक गरी जम्मा १०० अंकको परिक्षा संचालन गरिएको छ ।
  • कुनै पनि परीक्षार्थी परीक्षामा उत्तिर्ण हुनलाई कुल परिक्षा अंक (१००) मा ५०% (अर्थात् पचास अंक) आउनुपर्नेछ ।
  • लिखित परीक्षामा एक प्रश्नका लागि दुई अंक रहने गरी जम्मा ३० प्रश्न रहने जसमा छोटो सिधा उत्तर लेख्नुपर्ने किसिमका प्रश्न रहेका, लिखित परिक्षाको समय एक घण्टाको रहेको, Negative marking नगरिएको र अंक दिंदा दशमलबमा पनि दिईने गरी मुल्यांकन गरिएको छ ।
  • साथै प्रयोगात्मक र अन्तरबार्ता दुवैमा कुनै पनि परीक्षार्थीहरुलाई न्युनतम र अधिकतम अंकका बिचमा जम्मा ३ (तीन) अंकको मात्र फरक रहने गरि मुल्यांकन गरीनेछ र सो मुल्यांकन अंक दशमलबमा पनि हुन सक्नेछ ।
  • लिखित परिक्षाको उत्तरमा कुनै समस्या वा दुबिधा वा गुनासो वा दाबि बिरोध भएमा यस कर्मचारी छनौट समितिद्वारा तयार पारिएको उत्तर पुस्तिकामा भएको उत्तरलाई नै निर्णायक मानिने छ ।
  • अन्य कुनै पनि नया बिषय आएमा कर्मचारी छनौट समितिद्वारा निर्णय गरे अनुसार हुनेछ ।

प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस स्वास्थ्य केन्द्रको प्रशासन शाखामा परीक्षार्थी स्वम उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०७८/०६/०४ गते सोमबार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ तर निजहरुको दाबि तथा त्यसको जबाफ कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ

क्र.सं. नाम थर पद दर्ता नं जम्मा पूर्णाङक जम्मा प्राप्तांक नतिजा कै.
छनौटको लागि सिफारिस
1 बर्षा साँवा अ.हे.ब. २५ 100.00 66.50 प्रथम  
2 प्रतिमा कुमारी यादब अ.हे.ब. २२ 100.00 62.50 दोश्रो  
प्रतिक्षारथको लागि सिफारिस
1 प्रतिभा श्याग्बो अ.हे.ब. ३७ 100.00 61.00 प्रथम बैकल्पिक  
2 तिर्था बिस्वकर्मा अ.हे.ब. ३३ 100.00 58.00 दोश्रो बैकल्पिक  
3 काजल चंद्रबशी अ.हे.ब. ३६ 100.00 57.50 तेश्रो बैकल्पिक  
4 माला कुमारी राजबंशी अ.हे.ब. ३१ 100.00 53.00 चौथो बैकल्पिक  

सम्पूर्ण छनौट हुने एबम प्रतिक्षारथ हुन सफल उम्मेदवारहरुलाई हार्दिक बधाई छ । अर्को सूचना मिति २०७८/०६/०४ गते प्रकाशन गरिनेछ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]