बिषय: योजनाका लागि कोटेशन माग गरिएको बारे सूचना ।।
प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतरामा आ.ब. २०७८/०७९ मा वडा स्तरबाट संचालन हुने निम्नानुसारका योजनाहरुमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७८/०६/२४ गतेको बैठक को निर्णयानुसार निम्नानुसार योजना संचालन गर्ने निर्णय भएअनुसार मिति २०७८/०८/१९ गते दिनको ४:०० बजे सम्ममा कोटेसन/निबेदन दस्तुर रु.१,०००/- (एक हजार रुपैया) बुझाई सम्बन्धित योजनाका लागि स्वास्थ्य केन्द्रको प्रशासन शाखामा कोटेसन उपलब्ध गराउनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
| क्र.सं. | वडा नं | योजनाको नाम | विनियोजित रकम | योजनाद्वारा गरिने कामको विवरण | समितिको निर्णय नं | कै. |
| १. | वडा नं १ | प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा ब्यबस्थापन कार्य | रु.१,५०,०००/- | स्वास्थ्य केन्द्रमा सि.सि.टि.भि. जडान गर्ने कार्य | २०७८/०६/२४ गतेको निर्णय नं: १५ | वडा नं १ को च.नं:४४६, मिति २०७८/०६/१० को पत्रानुसार |
| २. | वडा नं २ | प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा ब्यबस्थापन कार्य | रु.५,००,०००/- | स्वास्थ्य केन्द्रका लागि डेन्टल औजार उपकरण खरिद गर्ने कार्य | २०७८/०६/२४ गतेको निर्णय नं: १६ | वडा नं २ को च.नं:५४८, मिति २०७८/०६/१७ को पत्रानुसार |
बिस्तृत जानकारी एबम पूर्ण Specifications को लागि स्वास्थ्य केन्द्रको प्रशासन शाखामा सम्पर्क गर्नुहुन वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा वा सूचना अधिकारी श्री योगेन्द्र कट्टेल ज्यू (९८५२०२६२८४) संग सम्पर्क गर्नुहुन अनुरोध छ ।
