मिति २०७८ साल माघ २५ गते मंगलबारका दिन श्री बराहक्षेत्र नगरपालिकाको प.सं.:२०७८/०७९, च.नं: ९२२, मिति २०७८/०७/०५ गतेको पत्रानुसार श्री बराहक्षेत्र नगरपालिका, नगर कार्यपालिकाको मिति २०७८/०५/०१ गतेको निर्णयानुसार प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई १५ शैया अस्पतालमा स्तरोन्नति गर्ने निर्णय एबम श्री बराहक्षेत्र नगरपालिकाको प.सं.:२०७८/०७९, च.नं.:१८८७, मिति २०७८/१०/२४ गतेको पत्रानुसार तथा प्रा स्वा के चतराको ब्यबस्थापन समितिको मिति २०७८/१०/२२ गतेका दिनको बैठकद्वारा बराहक्षेत्र नगर प्रमुख श्री निलम खनाल ज्यू को प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री अम्बिका प्रसाद चौलागाईं ज्यूको विशिष्ट आतिथ्यतामा “चतरा अस्पताल” घोषणा कार्यक्रम संचालन गर्ने निर्णय भएअनुसार बराहक्षेत्र न पा: २ वडाध्यक्ष एबम प्रा स्वा के चतरा अध्यक्ष श्री हरिकृष्ण भट्टराई ज्यूको अध्यक्षतामा घोषणा कार्यक्रम सु-सम्पन्न गरियो ।
प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई १५ शैयाको “चतरा अस्पताल” मा स्तरोन्नती गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पुर्ण महानुभाबहरुलाई र स्तरोन्नतिको निर्णय गरि अस्पताल घोषण गर्ने बराहक्षेत्र नगरपालिका प्रति हार्दिक आभार ब्यक्त गर्दछौं ।।
चतरा अस्पताल परिवार ।।
@२०७८/१०/२५
प्रकाशित समाचारहरु:
https://newpati.com/news/3919?fbclid=IwAR32cp7usxAySaFa1x8Hrrxg0qszU-RBn8XTCCwTykGCejBizHeJNkj2sRo
https://www.blastkhabar.com/news/2022/02/10/129781.html?fbclid=IwAR2SZOdCn1EbcpHMZtut7R_3PDckdRJm1VwLwvFruGz5LNfy3EF3XX9PbbQ
प्रथामिक स्वास्थ्य केन्द्र चतरालाई १५ शैयाको चतरा अस्पताल घोषणा