२९ चैत्र २०८२, आइतबार

बिषय: हार्दिक निमन्त्रणा बारे ।

प्रस्तुत सम्बन्धमा बराहक्षेत्र न पा:- २ नं वडा कार्यालयको मिति २०७८/११/१० गतेको च.नं.: १४३१ को पत्रानुसार वडा नं २ मा जम्मा घरपरिवार १७३१ र जम्मा जनसंख्या ८२०६ (आठ हजार दुई सय छ जना) रहेको र श्री स्वास्थ्य बिमा बोर्ड समन्वय शाखा कार्यालय ईनरुवा सुनसरीको मिति २०७८/११/११ गतेको च.नं.: ५३ को पत्रानुसार बराहक्षेत्र न पा वडा नं २ मा स्वास्थ्य बिमितहरुको संख्या ७८६५ (सात हजार आठ सय पैसठ्ठी जना) रहेको हुँदा बराहक्षेत्र न पा:- २ नं वडामा जम्मा ९५.८५% (पन्चानब्बे प्रतिशत) स्वास्थ्य बिमित हुनुभएको हुँदा “स्वास्थ्य बिमा कार्यक्रमको नमुना स्थानीय तह घोषणा कार्यविधि, २०७८” को परिच्छेद २ को बुंदा नं ३ को (ख) लाई आधार मानि देश कै पहिलो “पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” कार्यक्रम  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ (१२ औं तह) एबम स्वास्थ्य बिमा बोर्डका पुर्ब कार्यकारी निर्देशक डा गुणराज लोहनी ज्यूको प्रमुख आतिथ्यता र बराहक्षेत्र नगर प्रमुख श्री निलम खनाल ज्यूको विशिष्ट आतिथ्यतामा बराहक्षेत्र न पा:- २ नं वडा कार्यालय र चतरा अस्पतालको संयुक्त आयोजनामा घोषणा गरिने भएको हुँदा यस एतिहासिक उपलब्धि हासिल गर्न प्रतक्ष्य अप्रतक्ष्य सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभाबहरु प्रति हार्दिक आभार व्यक्त गर्दै तपशिलको मिति स्थान र समयमा सम्पूर्ण जनप्रतिनिधि ज्युहरु, राजनीतिक दल प्रमुख/प्रतिनिधि ज्युहरु, स्थानीय समाजसेबी बुद्धिजिबी ज्यूहरु, पत्रकार ज्युहरु, महिलास्वमसेविका ज्युहरु, सम्पूर्ण संघ/संस्था प्रमुख/प्रतिनिधि ज्युहरु लगायत स्वास्थ्य बिमित भई सहयोग गर्नुहुने एबम बिपन्न/अतिविपन्नहरुको स्वास्थ्य बिमा गरिदिनुहुने सम्पूर्ण सहयोगी दाता/महानुभाब एबम स्थानीय सर्बसाधारण ज्यूहरुलाई यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

तपशिल:

मिति: २०७८/११/२० गते शुक्रबार,

समय: बिहानको ११:०० बजे,

स्थान: चतरा अस्पतालको प्रांगणमा ।

चतरा अस्पताल

बराहक्षेत्र न पा: २, सुनसरी

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]