२८ आषाढ २०८२, शनिबार

बिषय: करार सेवामा लिने बारे सूचना ।

प्रथम पटक सूचना जारी मिति: २०७८/११/३०

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप दिनानुदिन बढ्दोक्रममा रहेकोले चतरा अस्पताल को ब्यबस्थापन समितिको मिति २०७८/११/१२ गतेको निर्णयानुसार ब्यबस्थापन समिति अन्तर्गत निम्न पदका लागि नियुतिका लागि सात दिने सार्बजनिक सूचना प्रकाशन गर्ने निर्णय भएअनुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

  • आवश्यक कर्मचारीको पद र संख्या:
  • मेडिकल अधिकृत (आठौँ तह): एक जना,
  • फिजियोथेरापिका लागि: BPT (सातौँ तह) वा CPT (पाचौं तह): एक जना,
  • अ.हे.ब.: दुई जना ।
  • न्युनतम योग्यता:
  • मान्यता प्राप्त संस्थाबाट सम्बन्धित बिषय उतिर्ण गरेको नेपाली नागरिक हुनुपर्ने र सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ,
  • पेश गर्नुपर्ने कागजपत्रहरु: अन्तर्वार्ताका दिन सक्कलै कागजपत्र सहित उपस्थित हुनुपर्नेछ ।
  • नेपाली नागरिकताको प्रतिलिपि र
  • SLC/SEE देखि न्युनतम योग्यतामा उल्लेख भएका योग्यताको प्रमाणपत्र प्रतिलिपिहरु ।
  • आबेदन शुल्क: मे.अ. र BPT का लागि रु. एक हजार रुपिय मात्र, CPT का लागिरु. पाँच सय मात्र र अ.हे.ब. का लागि तीन सय मात्र ।
  • छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार लिखित प्रयोगात्मक एबम अन्तरबार्ता हुनेछ ।
  • सेवा सुबिधा: मेडिकल अधिकृतलाई नेपाल सरकारको आठौँ तह सरह, BPT लाई नेपाल सरकारको सातौँ तह सरह, CPT लाई नेपाल सरकारको पाचौं तह सरह एबम अ.हे.ब. लाई आपसी समझदारीमा, सेवासुविधाहरु आपसी समझदारीमा तय गर्न सकिनेछ ।
  • निबेदन दर्ताको तरिका:
  • कार्यालयमा आएर: ईच्छुक निवेदकले https://chataraphc.pgov.np/details/download मा भएको निबेदन भरि आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा कार्यालयको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ,
  • ईमेल मार्फत: निबेदन दस्तुर यस संस्थाको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ,

 

 

  • बैंक खाता विवरण:
    1. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
    2. खाताको नाम: प्राथमिक स्वास्थ्य केन्द्र चतरा

English मा: Prathamik Swastha Kendra Chatara

  1. खाता नं: २१६०१००००४६६८००१

English मा: 2160100004668001

  • निबेदन दिने समय: मिति २०७८/१२/० गते देखि मिति २०७८/१२/०७ गते दिनको ४:०० बजे सम्म मात्र । यस चतरा अस्पतालमा सार्बजनिक बिदामा समेत सबै सेवा सुचारु भईरहने र ईमेल मार्फत समेत आबेदन दिन सकिने हुदा सो अन्तिम दिन यदि सार्बजनिक बिदा पर्न गएमा समेत सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
  • अन्तर्बार्ताको मिति: अन्तर्बार्ता मिति २०७८/१२/०८ गते मंगलबारका दिनको ११:०० बजे देखि हुनेछ ।
  • कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार ब्यबस्थापन समितिमा निहित रहनेछ ।

थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा (९८१६३३८६१४) वा सूचना अधिकारी ९८५२०२६२८४ वा ०२५-५५००११ ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
  • श्री १ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
  • श्री २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]