बिषय:- छैठौं स्वास्थ्य बिमा वार्षिकोत्सवको शुभकामना एवम् धन्यवाद सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई मिति २०७८/१२/२३ गतेका दिन श्री स्वास्थ्य बिमा बोर्डद्वारा “१५ शैया अस्पताल” मा सूचीकरण गरी यस अस्पताललाई अझ थप गुणस्तरीय सेवाहरु उपलब्ध गर्न प्रेरित गरीदिनुभएकोमा आज छैठौं स्वास्थ्य बिमा बार्षिकोत्सबको पावन अवसरमा समस्त स्वास्थ्य बिमा बोर्ड परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै स्वास्थ्य बिमा बोर्डको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
मिति २०२९ मा स्थापना भई मिति २०५६/१०/२१ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र चतरा भई मिति २०७८/०५/०१ को बराहक्षेत्र नगर कार्यपालिकाको निर्णयानुसार १५ शैयाको अस्पतालमा स्तरोन्नति भई मिति २०७८/१०/२५ गते देखि औपचारिक रुपमा “१५ शैयाको अस्पताल घोषणा” भई बिबिध स्वास्थ्य सेवाहरु उपलब्ध गरिरहेको यस अस्पतालमा मिति २०७५/०५/०१ गते देखि “बर्षको ३६५ दिनै बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजे सम्म निशुल्क ओ पी डी सेवा” संचालन भई मिति २०७८/११/२० गते बराहक्षेत्र न पा २ लाई देश कै प्रथम “पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गर्न सफल यस अस्पतालमा उपलब्ध भएका स्वास्थ्य सेवाहरु सेवाग्राहीहरुको अनुकुलतालाई समेत अध्यनजर गरी सेवाग्राहीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक ब्यबस्थापन गर्नुहुने यस अस्पतालका पुर्ब एबम बहाल ब्यबस्थापन समितिका पदाधिकारी एबम सदस्य ज्युहरु एबम सल्लाहकार समितिका पदाहिकारी ज्युहरु, अस्पताललाई सदैब सकारात्मक सहयोग पुर्यानुहुने सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु एबम सम्पूर्ण राजनीतिक दल/प्रमुख/प्रतिनिधि ज्युहरु, अस्पतालमा सदैब सेवा उपलब्ध गराउन रातदिन खटिनुहुने सम्पूर्ण पुर्ब एबम बहाल चिकित्सक एबम कर्मचारी ज्युहरु, यस अस्पतालका आधारशिला स्वास्थ्य महिलास्वमसेविका ज्युहरु, अस्पताललाई प्रतक्ष्य एबम अप्रतक्ष्य रुपमा सहयोग गर्नुहुने सपूर्ण सहयोगी संघ/संस्था एवम् महानुभाब ज्यूहरु, सदैब अस्पताललाई हौसला एबम साथ दिनुहुने स्थानीय समाजसेबी बुद्धिजिबी ज्युहरु, अस्पताललाई रचनात्मक एबम स्वच्छ आलोचनाद्वारा सदैब घच्घच्याउनुहुने सम्पूर्ण पत्रकार ज्युहरु, अस्पताललाई आवश्यक औषधि केमिकल तथा सम्पूर्ण सामाग्रीहरु अटुट रुपमा उपलब्ध गर्नुहुने सम्पूर्ण सप्लायर्स/आपुर्तिकर्ता ज्यूहरु, अस्पतालमा जुनसुकै समयमा पनि शान्ति सुरक्षाको प्रबन्ध गरिदिनुहुने सम्पूर्ण सुरक्षा निकायहरु एबम सबै भन्दा महत्वपूर्ण यस अस्पतालका आधारशिला सम्पूर्ण सेवाग्राहीहरुलाई यस खुशीको अवसरमा यहाँहरु सबैको आ-आफ्नो अमुल्य योगदान प्रति उच्च सम्मान सहित यहाँहरु सबैलाई समेत हार्दिक बधाई ज्ञापन गर्दै अस्पातालको तर्फबाट हार्दिक कृतज्ञताका साथ धन्यबाद व्यक्त गर्दछौं ।
साथै आगामी दिनहरुमा स्वास्थ्य सेवालाई अझ सहज एबम गुणस्तरीय बनाउन यहाँहरुको साथ सहयोग सल्लाह सुझाबको अपेक्षाका साथ पुन श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्री स्वास्थ्य बिमा बोर्ड, श्री स्वास्थ्य सेवा बिभाग, श्री स्वास्थ्य मन्त्रालय १ नं प्रदेश, श्री स्वास्थ्य कार्यालय सुनसरी, श्री बराहक्षेत्र नगरपालिका एबम श्री १ नं र २ नं वडा कार्यालय प्रति पुन हार्दिक आभार व्यक्त गर्दछौं ।
