२८ आषाढ २०८२, शनिबार

बिषय: CR मेसिन खरिद सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०७/०१/१० ।।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको आ.ब.२०७८/०७९ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम “क्र.सं.०३ स्वास्थ्य औजार उपकरण खरिद” शिर्षक अन्तर्गत अस्पताल ब्यबस्थापन समिति र सल्लाहकार समितिको मिति २०७/११/१३ गतेको संयुक्त बैठक र मिति २०७९/०१/०६ गतेको ब्यबस्थापन समितिको निर्णयानुसार यस अस्पतालमा हालको प्लेन एक्सरेको गुणस्तरियता कम रहेको प्लेन गर्न समय धेरै लाग्ने र प्लेन एक्सरेमा धेरै समस्याहरु थाहा हुन नसक्ने र कुनै समस्या परी रिफर हुन परेमा रिफर भई जाने संस्थामा समेत पुन एक्सरे गर्नुपर्ने अवस्थाका कारण तथा जुनसुकै समय पुन कोरोना भाईरस लगाएतका संक्रमणहरुको जोखिम उच्च रहेका कारण यस अस्पतालको एक्सरे सेवाको गुणस्तरियता अभिवृद्धि गर्न अति नै आवश्यक CR मेसिनका लागि ब्यबस्थापन समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन गर्ने गरी मिति २०७९/०१/१० गते बसेको खरिद समितिको निर्णयानुसार सार्बजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा ८ को उपदफा १(क८) तथा सार्बजनिक खरिद नियामावली २०६४ (चोथो संसोधन २०७३) को नियम ३१ (ख) बमोजिम त्यस्तो मेसिनरी उपकरण उत्पादक कम्पनि वा सो को आधिकारिक बिक्रेताहरु बीच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिंग) बिधिबाट खरिद गर्नुपर्ने भएकाले निम्न शर्तहरु रहने गरि सरोकारवाला सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ।

निम्न:

  • CR मेसिन (Computed Radiography Machine) ।

यी उपकरणहरुको पूर्ण विवरण (specification) चतरा अस्पतालको सूचना पार्टीमा वा अस्पतालको वेबसाईटको https://chataraphc.p1.gov.np/details/download मा समेत राखिएको छ । Specification हरुको word file वा pdf file आवश्यक परेमा निबेदकहरुलाई इमेल मार्फत समेत उपलब्ध गराईनेछ ।

शर्तहरु:-

  • निबेदन चतरा अस्पतालको प्रशासन शाखामा शिलबन्दी गरि वा इमेल chatarahospital@gmail.com मा पठाउनुपर्नेछ । ईमेलमा निबेदन दिनुहुनेहरुले सबै आवश्यक कागजपत्र एबम specification हरु समेत pdf formate मा पठाउनुपर्नेछ ।
  • निबेदन दिने मिति र समय: मिति २०७/०१/११ गते देखि २०७/०२/०१ गते दिनको :०० बजे सम्म । यो अस्पताल सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन मान्य हुनेछैन ।
  • निबेदन खोल्ने मिति र समय: निवेदकहरुलाई निबेदन खोल्ने दिन ४८ घण्टा अघि अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित/जानकारी गरिनेछ । निवेदकहरुको अनुपस्थितिले टेन्डर निबेदनहरु खोल्न खरिद समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिनेछ ।
  • निबेदन दस्तुर: रु. दुई हजार रुपैया मात्र ।
  • संलग्न हुनु पर्ने कागजपत्रहरु: अस्पताललाई सम्बोधन गरिएको निबेदन संगै निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, आधिकारिकता को प्रमाणपत्र (letter of authorization), आ.ब.२०७७/०७८ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, यसका साथै आवश्यकता अनुरुप खरिद समितिले तथा ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
  • आपूर्तिकर्ताले आफुले उपलब्ध गराउने भनिएका CR उपकरणको स्पेसीफिकेसन संग माग गरिएका सबै डकुमेन्ट (कागजपत्रहरु) निबेदनसंग अनिवार्य रुपमा पेश गर्नुपर्नेछ, उपकरणको रंगिन फोटोहरु उपलब्ध गराउनुपर्नेछ । उल्लेखित उपकरणहरुको वारेन्टी ग्यारेन्टीको बिषय र उपकरणको maintenance मर्मत सम्भारको बिषय स्पस्ट खुलेको हुनुपर्दछ ।
  • निवेदकले हरेक उपकरणद्वारा अधिकतम प्रयोग गरिने एक्सरे फिल्म size अनुसारको per unit costs अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । एक्सरे फिल्मको शुल्क पनि उपकरण छनौट गर्नमा मुल्यांकन गरिनेछ ।
  • उल्लेखित उपकरण यस अस्पताल सम्म ढुवानी, installation र कर्मचारीहरुलाई आवश्यक orientation निशुल्क रुपमा गर्नुपर्नेछ ।
  • यस सुचनामा उल्लेख गरेको specification अनुरुपको सामाग्रीहरुको निवेदकले अनिवार्य रुपमा कबुल मुल्य राख्नुपर्नेछ, यदपि निवेदकले यदि कुनै माग गरिएका उपकरण भन्दा भिन्न भिन्न बिकल्पहरु भएमा तिनको पनि specification र picture सहित कबुल मुल्य खुलाएर पेश गर्न सक्नुहुनेछ ।
  • निवेदकहरुसंग उपकरण आपूर्तिका बिषयमा कुनै बिसेस सल्लाह सुझाब एबम कुनै बिसेस किसिमका प्रस्ताबहरु भएमा (जस्तै: कुनै उपकरण यस अस्पताललाई सौजन्य गरि त्यसमा प्रयोग हुने एक्सरे फिल्म कुनै निश्चित समयसम्म सो निवेदक आपूर्तिकर्तासंग कुनै निश्चित शुल्कमा खरिद गर्नुपर्ने प्रस्ताब) त्यसलाई पनि निबेदनमा नै उल्लेख गरि पेश गर्नुहुन अनुरोध छ । यद्यपी यस्ता प्रस्ताबहरु अतिरिक्त प्रस्ताबहरु हुने हुदा सम्बन्धित सबै उपकरणको प्रस्तावित कबुल शुल्क भने अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
  • निबेदनमा कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ।
  • CR मेसिन installation गर्नुपर्ने समय: आपूर्तिकर्तासंग सम्झौता भएको मिति देखि अधिकतम १० (दश) दिन भित्र मेसिन installation भईसक्नुपर्नेछ ।
  • भुक्तानीको बिषय:
  • चतरा अस्पतालसंग सुरु पुंजी (capital amount) नभएको हुँदा, आपूर्तिकर्तालाई अस्पतालको हुदै जाने आम्दानिबाट भुक्तानी दिदै गईनेछ, अस्पतालले लिनु पर्ने पुरा भुक्तानिहरु जस्तै स्वास्थ्य बिमा बोर्ड लागएतबाट समयमै पूर्ण भुक्तानी प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाकि रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
  • भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
  • निबेदन दर्ताको तरिका:
  • ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा निबेदन दस्तुर रु.२,०००/- (दुई हजार रुपैया, फिर्ता नहुने गरि) को रसिद सहित शिलबन्दी गरी पेश गर्नुपर्नेछ, यद्यपि ईमेल मार्फत निबेदन दिन चाहनुहुनेहरुले chatarahospital@gmail.com मा आवश्यक सबै कागजपत्र एबम रसिद सहित ईमेल गर्न सक्नुहुनेछ र ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ तर आपूर्तिकर्तालाई निबेदन शिलबन्दी गरी अस्पताल प्रशासन शाखामा पेश गर्नुहुन अनुरोध गरिन्छ,
  • निबेदन दस्तुर यस संस्थाको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सक्नुहुनेछ,
  • बैंक खाता विवरण:
    1. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
    2. खाताको नाम: चतरा अस्पताल
    3. English मा: Chatara Aspatal
    4. खाता नं: २१६०१००००४६६८००१
    5. English मा: 2160100004668001
  • आपुर्तिकर्ताको छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद समिति र ब्यबस्थापन समितिमा निहित रहनेछ । आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।

साथै माथि उल्लेखित CR मेसिन वा अन्य कुनै पनि स्वास्थ्य औजार उपकरणहरु यस अस्पताललाई सौजन्य गर्न ईच्छुक सम्पूर्ण संघ/संस्था वा महानुभाबहरुलाई समेत यसै सुचना मार्फत अस्पतालमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध एबम अपिल गर्दछौ

थप जानकारीका लागि अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chatarahospital@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा वा सूचना अधिकारी (९८५२०२६२८४) संग सम्पर्क गर्नुहुन अनुरोध छ ।

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
  • श्री स्वास्थ्य कार्यालय सुनसरी, ईनरुवा, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ।
  • श्री वडा कार्यालय, बराहक्षेत्र न पा: १ र २, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]