बिषय: करार सेवामा लिने बारे सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी निम्न मितिमा निम्न पदका लागि पदपूर्ति गर्ने निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
- आवश्यक कर्मचारीको पद र संख्या र विवरण:
- मेडिकल अधिकृत (MBBS): एक जना: चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७८/११/१२ गतेको निर्णय नं ०४ अनुसार मिति २०७८/११/३० गते (प्रथम पटक), मिति २०७८/१२/०८ गते (दोश्रो पटक) र मिति २०७८/१२/१९ गते (तेश्रो पटक) सूचना प्रकाशन गरीए पनि हालसम्म रिक्त रहेका कारण चौथों पटक सूचना प्रकाशन गरिएको छ ।
- बि. फार्म्सी (B.Pharmacy): एक जना: चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०१/०६ गतेको निर्णय नं ०९ अनुसार फार्मेसी विभागका लागि प्रथम पटक यो सूचना प्रकाशन गरिएको छ ।
- न्युनतम योग्यता:
- मान्यता प्राप्त संस्थाबाट सम्बन्धित पदका लागि तोकिएको सम्बन्धित बिषय उतिर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको नेपाली नागरिक हुनुपर्नेछ,
- पेश गर्नुपर्ने कागजपत्रहरु: अन्तर्वार्ताका दिन सक्कलै कागजपत्र सहित उपस्थित हुनुपर्नेछ ।
- नेपाली नागरिकताको प्रतिलिपि र
- SLC/SEE देखि न्युनतम योग्यतामा उल्लेख भएका योग्यताको प्रमाणपत्र प्रतिलिपिहरु ।
- आबेदन शुल्क: रु.१,०००/- (एक हजार रुपैया) ।
- छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार लिखित, प्रयोगात्मक एबम अन्तरबार्ता हुनेछ ।
- सेवा सुबिधा: मेडिकल अधिकृतलाई नेपाल सरकारको आठौँ तह अनुसार तथा बि. फार्मेसीलाई नेपाल सरकारको सातौँ तह अनुसार एबम सामाजिक सुरक्षा कोषमा आबद्धता गरिने तथा आपसी समझदारी अनुरुप समेत सेवा समय सेवा सुबिधा निर्धारण गर्न सकिनेछ ।
- निबेदन दर्ताको तरिका: निबेदन https://chatarahospital.pgov.np/details/download बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
- अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा कार्यालयको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ,
- ईमेल मार्फत: निबेदन दस्तुर यस अस्पतालको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ,
- बैंक खाता विवरण:
- बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
- खाताको नाम: चतरा अस्पताल
English मा: Chatara Aspatal
- खाता नं: २१६०१००००४६६८००१
English मा: 2160100004668001
- निबेदन दिने समय: मिति २०७९/०२/०८ गते देखि मिति २०७९/०२/१५ गते दिनको ४:०० बजे सम्म मात्र । यस चतरा अस्पतालमा सार्बजनिक बिदामा समेत सबै सेवा सुचारु भईरहने र ईमेल मार्फत समेत आबेदन दिन सकिने हुँदा सो अन्तिम दिन यदि सार्बजनिक बिदा पर्न गएमा समेत सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
- अन्तर्बार्ताको मिति: अन्तर्बार्ताका बारेमा सम्बन्धित निवेदकहरुलाई सूचना प्रकाशन गरी सुचित गरिनेछ, सो का लागि यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत सूचना राखिनेछ, अन्तरबार्ता सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।
- कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार ब्यबस्थापन समितिमा निहित रहनेछ ।
थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा ९८१६३३८६१४ वा सूचना अधिकारी ९८५२०२६२८४ वा ०२५-५५००११ वा वेबसाईट: chatarahospital.p1.gov.np वा ईमेल chatarahospital@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
- श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
- श्री १ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
- श्री २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।

