बिषय: CR मेसिनको आपुर्तिकर्ता छनौट सम्बन्धि सूचना ।
प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको आ.ब.२०७८/०७९ को ब्यबस्थापन समितिको स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम “क्र.सं.०३ स्वास्थ्य औजार उपकरण खरिद” शिर्षक अन्तर्गत अस्पताल ब्यबस्थापन समिति र सल्लाहकार समितिको मिति २०७८/११/१३ गतेको संयुक्त बैठक र मिति २०७९/०१/०६ गतेको ब्यबस्थापन समितिको निर्णयानुसार यस अस्पतालमा हालको प्लेन एक्सरेको गुणस्तरियता कम रहेको प्लेन गर्न समय धेरै लाग्ने र प्लेन एक्सरेमा धेरै समस्याहरु थाहा हुन नसक्ने र कुनै समस्या परी रिफर हुन परेमा रिफर भई जाने संस्थामा समेत पुन एक्सरे गर्नुपर्ने अवस्थाका कारण तथा जुनसुकै समय पुन कोरोना भाईरस लगाएतका संक्रमणहरुको जोखिम उच्च रहेका कारण यस अस्पतालको एक्सरे सेवाको गुणस्तरियता अभिवृद्धि गर्न अति नै आवश्यक CR मेसिनका लागि ब्यबस्थापन समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन गर्ने गरी मिति २०७९/०१/१० गते बसेको खरिद समितिको निर्णयानुसार सार्बजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा ८ को उपदफा १(क८) तथा सार्बजनिक खरिद नियामावली २०६४ (चोथो संसोधन २०७३) को नियम ३१ (ख) बमोजिम त्यस्तो मेसिनरी उपकरण उत्पादक कम्पनि वा सो को आधिकारिक बिक्रेताहरु बीच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिंग) बिधिबाट खरिद गर्नुपर्ने भएकाले सरोकारवाला सम्बन्धित सबैका लागि मिति २०७९/०१/१० च.नं:५८० मा सूचना प्रकाशन गरिएकाले प्राप्त निबेदनहरु उपर अध्ययन गरी छनौट गर्न मिति २०७९/०२/२३ गते सोमबारका दिन दिनको ११:०० बजे बराहक्षेत्र नगरपालिकाका प्रतिनिधि र निवेदकहरु सहित बैठक बसी निर्णय गर्ने गरी निवेदकहरुको उपस्थितिका लागि सूचना प्रकाशन गर्ने मिति २०७९/०२/२० गतेको चतरा अस्पताल ब्यबस्थापन समितिको निर्णय नं ०३ अनुसार सम्पूर्ण निवेदकहरुलाई तपशिलको मिति समय र स्थानमा उपस्थितिका लागि अनुरोध छ ।
तपशिल:
मिति २०७९/०२/२३ गते सोमबारका दिन
समय: बिहान ११:०० बजे
स्थान: चतरा अस्पतालको बैठक कक्ष ।
बोधार्थ:
नोट:
निवेदकहरुको अनुपस्थितिले निबेदन/आबेदनहरु खोल्न र छनौट गर्न अस्पताल ब्यबस्थापन समितिलाई बाधा पर्ने छैन।
