बिषय: स्वास्थ्य बिमामा रिफर हुन र
नियमित औषधि लिन सेवाग्राही स्वयं
अनिवार्य उपस्थित हुनुपर्ने बारे सूचना ।
प्रस्तुत सम्बन्धमा श्री स्वास्थ्य बिमा बोर्डको निर्देशन एबम चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०५/२७ गतेको बैठक निर्णय नं: ०८ अनुसार स्वास्थ्य बिमाका सेवाग्राहीहरुलाई यस अस्पतालमा हुन नसक्ने कुनै बिशेष किसिमका उपचारका लागि थप सुबिधा सम्पन्न उच्च स्वास्थ्य संस्थामा रिफर हुनपर्ने भएमा र सेवाग्राहीहरुको यथार्थ स्वास्थ्य स्थिति थाहा नभईकन नियमित औषधि सेवन गरिरहन नहुने/नमिल्ने हुँदा नियमित औषधि लिन समेत अनिवार्य रुपमा सम्बन्धित बिरामी नै अस्पताल आउनुपर्ने ब्यबस्थालाई पूर्ण कार्यान्वन लागि सम्बन्धित सबैको लागि यो सूचना अनुरोध सहित पुन: जारी गरिएको छ ।
पुनश्च: ईमरजेन्सि र डेलिभरी बेथा लागेका अवस्थाका सेवाग्राहीहरूलाई रिफर पेपर आवश्यक नपर्ने र एक पटक रिफर भईसकेका सेवाग्राहिहरुलाई सोहि समस्याका लागि फलोअपमा बोलाईएको भए पुन नयाँ रिफर पेपर आवश्यक नपर्ने तर पुरानो रिफर पेपरको प्रतिलिपि भने आवश्यक पर्ने हुँदा सो रिफर पेपरको फोटोकपी गरी राख्न समेत सम्पूर्ण सरोकारवाला सेवाग्राहीहरुलाई जानकारीका लागि अनुरोध गरिन्छ ।