०४ साउन २०८२, शनिबार

श्री बिहीबारे हटिया बजार ब्यबस्थापन समिति,

चतरा, बराहक्षेत्र न पा:२, सुनसरी ।

बिषय: पार्किंग सम्बन्धमा ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०५/२७ गतेको बैठक निर्णय नं १० अनुसार चतरा अस्पतालको पार्किंग स्थान सानो/अभाब भएको हुँदा हाटखोला हटिया प्रयोजनका लागि आउने सवारी साधनहरु अस्पतालको परिसरमा रहेको पार्किंग क्षेत्रमा पार्किंग नगरिदिन अनुरोध गर्दै सोहि अनुसार बिहीबारे हटिया बजार ब्यबस्थापन समिति, १ र २ नं वडा कार्यालय तथा स्थानीय सुरक्षा निकाय समक्ष आवश्यक समन्वय एबम ब्यबस्थापनका लागि अनुरोध गर्ने निर्णयानुसारको हटिया पार्किंग ब्यबस्थापनको लागि हार्दिक अनुरोध छ ।

बोधार्थ:

  • श्री २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी
  • श्री १ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी
  • श्री ईलाका शशस्त्र प्रहरीबल, बराहक्षेत्र न पा:१, सुनसरी
  • श्री चतरा ईलाका प्रहरी कार्यालय, बराहक्षेत्र न पा:१, सुनसरी
  • श्री चतरा सामुदायिक बहुउद्धेशीय सहकारी संस्था लि., बराहक्षेत्र न पा:२, सुनसरी ।

:- जानकारी सहित आवश्यक सहजीकरण एबम समन्वयका लागि हार्दिक अनुरोध छ

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]