श्री बिहीबारे हटिया बजार ब्यबस्थापन समिति,
चतरा, बराहक्षेत्र न पा:२, सुनसरी ।
बिषय: पशु-चौपाय सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०५/२७ गतेको बैठक निर्णय नं १० अनुसार बिहीबारे हटिया बजार ब्यबस्थापन समितिद्वारा प.सं: २०७९/०८०, च.नं:२ मिति २०७९/०५/२३ को पत्रानुसार चतरा अस्पतालको पश्चिम तर्फको पर्खाल बाहिर चतरा अस्पतालको उत्तर सिमानामा रहेको नालामा पर्खाल बाहिरको भागमा स्ल्याब लगाईदिन भनि अनुरोधका साथ प्राप्त पत्र उपर छलफल गर्दा सो भूभाग श्री चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको नाममा भोगाधिकार रहेको साथै सो भागमा पशु चौपाय राख्दा होहल्ला हुने, प्रदुषण हुने, लामखुट्टे झिंगा आउने र अस्पतालको ल्याब डेन्टल तथा फिजियोथेरापी विभागमा आउने सेवाग्राहीहरुको तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्य स्थितिमा समेत प्रतिकुल समस्या आउने हुँदा र निकट समयमा अस्पतालको फोहोर मैला ब्यबस्थापन सम्बन्धि सो स्थानमा निर्माण एबम तारबार लाग्ने हुँदा बिहीबारे हटिया बजार ब्यबस्थापन समितिलाई अन्य बिकल्प प्रयोग गर्न अनुरोध गर्ने निर्णयानुसार हटिया पशु चौपाय अन्यत्र स्थानमा ब्यबस्थापनको लागि हार्दिक अनुरोध छ ।
